बास नेपालको तीज विशेषमा उर्लिए भ्रष्टाचार विरोधी स्वरहरू, उक्त कार्यक्रमको फोटो फिचर :

बास नेपालको तीज विशेषमा उर्लिए भ्रष्टाचार विरोधी स्वरहरू, उक्त कार्यक्रमको फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ २९ गते शुक्रबार ११:११

विकासका योजनाका लागि छुट्याएको वा आएको बजेटको हिनामिना गर्नुमात्र भ्रष्टाचार नभई मानसिक विचलनका काम गर्नु पनि भ्रष्टाचार हो : नवराज पहाडी

नयाँ कुराको अवलम्बन गरिरहदा संस्कार संस्कृतिका पुराना कुराहरू बिर्सन हुँदैन : सानुमाया गुरुङ

लमजुङ– बास नेपाल लमजुङ शाखाको आयोजनामा भएको तीज विशेष कार्यक्रममा भ्रष्टाचार विरोधी स्वरहरू उर्लिए । बेसीशहर नगरपालिका– २ को बालकल्याण मावि भकुण्डको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम वरिष्ठ समाजसेवी सानुमाया गुरुङको प्रमुख आतिथ्यतामा भदौ २९ गते गरिएको हो ।
सो अवसरमा बिजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि गुरुङले आफ्नो धर्म, संस्कृति परम्परालाई बचाई राख्नु पर्नेमा जोड दिनु भयो । उहाँले नयाँ कुराको अवलम्बन गरिरहदा संस्कार संस्कृतिका पुराना कुराहरू बिर्सन हुँदैन भन्नुभयो । उहाँले सात्वना पुरस्कार स्वरुप एक हजार एक सय रुपैयाँ समेत प्रदान गर्नु भएको थियो ।
बस नेपालका अध्यक्ष लक्ष्मी धितालको अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथि सामाजिक अभियन्ता रेणुका ठकुरी हुनुहुन्थ्यो । बासका सदस्य बासुदेव सेढाईले स्वागत गर्नु भएको कार्यक्रममा वडानं– ३ का निवर्तमान वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै, बास नेपालका सल्लाहकार संयोजक एवम् निर्णायक समितिका संयोजक नवराज पहाडीले बास नेपाल सुशासनका लागि पैरवी गर्ने संस्था भएको बताउनु भयो । उहाँले यो कार्यक्रम मुलतः दुई उद्देश्यले आयोजना गरेको हो भन्नुभयो, पहिलो पुरुषका तुलनामा महिला दिदीबहिनीहरूले नेतृत्व गरेका संस्थाहरूमा बढी सुशासन छ त्यसैले त्यस्तो सत्कर्ममा लाग्ने दिदीबहिनीहरूको महत्वको चाडमा कार्यक्रम किन नगर्ने ? भन्ने भयो भने अर्को विकासका योजनाका लागि छुट्याएको वा आएको बजेटको हिनामिना गर्नुमात्र भ्रष्टाचार नभई मानसिक विचलनका काम गर्नु पनि भ्रष्टाचार हो भन्नुहुँदै उदाहरणका लागि तीज आउनु एक महिना अघिदेखि दर खाने भन्दै होटल, होटल र टोल टोल चहार्नु पनि भ्रष्टाचार हो । उहाँले दरको अर्थ र महत्वमा प्रकाश पार्नु हुँदै तीजको दिनमा ब्रत बस्न पर्ने भएको हुँदा भोलिपल्टका लागि दह्रो हुन अघिल्लो दिन साँझ र राती उठेर खाने चिज हो दर । यसको अर्थ र मर्म हो तर हिजो आज दरको उपहास गरिएको छ यो विकृतिको अन्त्यका लागि पनि दिदीबहिनीहरू सचेत गर्न र खबरदारी गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको हो भन्नुभयो ।
आयोजक संस्थाका सचिव रामजी बसौलाले सञ्चालन गर्नु भएको कार्यक्रममा १० टिमले भाग लिएका थिए । उहाँका अनुसार उक्त कार्यक्रममा रिलाएबल इन्स्योरेन्स क. लि., लायन्स क्लब अफ लमजुङ टुगेदर र ठाडोभाका लोककला प्रतिष्ठान नेपालले तेस्रो स्थान हासिल गरेका थिए ।
सो प्रतियोगितामा कालीका तीन धारे आमा समूह बेसीशहर– ३ पहिलो, जागृत आमा समूह बेसीशहर– २, धुपिचौर दोस्रो र मुलपानी सिर्जनशील आमा समूह तेस्रो भएको निर्णायक समितिका सदस्य विश्वविनोद घिमिरेले बताउनु भयो । प्रस्तुत छ, सोही कार्यक्रमको फोटो फिचर :

सो अवसरमा बास नेपालका अध्यक्ष लक्ष्मी धितालको आजै परेको जन्म दिनको पावल अवसरमा सोही कार्यक्रम सञ्चालन भएको बालकल्याण माविको हातामा विरुवा रोपण कार्यक्रम गरिएको थियो । उक्त अवसरमा जन्म दिनमा बृक्षारोपण अभियानका अध्यक्ष एवमु् बासका सदस्य बासुदेव सेडाईले अभियानको आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र २९, शुक्रबार २३:११ गते
हजुरको प्रतिक्रिया