पालुनटार नगरपालिकाले गर्यो संस्कृति संरक्षणमा योगदान

पालुनटार नगरपालिकाले गर्यो संस्कृति संरक्षणमा योगदान

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८० असोज १ गते सोमबार ०६:३९

पालुनटार नगरपालिकाको १० वटा वडाका नेवाः खलः मिलेर नगरपालिकास्तरको नेवाः गुठी समिति गठन गरिएको आयोजक संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोही समितिले प्रतियोगिताका आयोजना गरेको हो । उहाँले भन्नुभयो, ‘विगतका वर्षमा नगरपालिकास्तरमा हुने गरेको यो प्रतियोगिता यो वर्षदेखि खुला रुपमा छिमेकी जिल्ला समेतलाई सहभागी गराउन थालिएको हो ।’

चौथो खुला लाखे नाच प्रतियोगिता : लमजुङले पायो दोस्रो र तेस्रो पुरस्कार

बार्हपिर्के(गोरखा)– गोर्खामा परम्परागत संस्कृति जोगाउन पालुनटार नगरपालिकाले गर्यो योगदान । पालुनटार नेवाः दवुःको आयोजनामा गरिएको खुला लाखे नाच प्रतियोगिता भदौ ३० गते सम्पन्न भएको हो ।
नेवाः खलः बार्हपिर्केको ंसंयोजनमा यहाँ आयोजना गरिएको खुला लाखे नाच प्रतियोगितामा कुल १६ टोलीले भाग लिएका थिए । सो प्रतियोगितामा च्याङ्ली नेवाः खलः गोरखा पहिलो भयो । लमजुङको सुन्दरबजार नेवाः खलः दोस्रो तथा तार्कुघाट नेवाः खलः तेस्रो भएको आयोजक संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पालुनटार नगरपालिकाको १० वटा वडाका नेवाः खलः मिलेर नगरपालिकास्तरको नेवाः खलः समिति गठन गरिएको छ । सो समितिले प्रतियोगिताका आयोजना गरेको हो । उहाँले भन्नुभयो, ‘विगतका वर्षमा नगरपालिकास्तरमा हुने गरेको यो प्रतियोगिता यो वर्षदेखि खुला रुपमा छिमेकी जिल्ला समेतलाई सहभागी गराउन थालिएको हो ।’ उहाँले थप भन्नुभयो, ‘यो वर्ष लमजुङबाट तीन र तनहुँबाट दुई टिम भाग लिन आएका थिए । हामीलाई प्रतियोगिता सञ्चालन गर्नका लागि पालुनटार नगरपालिका र सम्बन्धित वडाले सहयोग गर्ने गरेका छन्, हामी हरेक वर्ष फरक फरक वडामा प्रतियोगिताको सञ्चालन गर्ने गर्दछौं अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
सो प्रतियोगितामा ठाँटी पोखरी नेवाः खलःले सान्त्वना स्थान र अनुशासित टिमको पुरस्कार पालुनटार नगरपालिका– ६ को कमलटारी नेवाः खलः टिमले पाएको निर्णायक समितिका संयोजक, संस्कृति विद एवम् प्रशिक्षक नेवाः खलः गण्डकी प्रदेश कमिटिका सदस्य केशरकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कला प्रदर्शनका लागि एक समूहका लागि १० मिनेटको समय दिइएको थियो ।
सो प्रतियोगिता पालुनटार नगरपालिकाका मेयर विवश चिन्तन देवकोटाको प्रमुख आतिथ्यता तथा नेवाः खलः केन्द्रीय समितिका कावा अध्यक्ष चन्द्र राजभण्डारी विशेष अतिथि हुनुहुन्थ्यो । विजेताहरूलाई प्रमुख अतिथि देवकोटा र विशेष अतिथि राजभण्डारीले वितरण गर्नु भएको हो ।
आफ्नो समूहले दोस्रो स्थान प्राप्त गरेको नेवाः खलः सुन्दरबजारका निवर्तमान अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार लाखे नाच प्रतियोगितका कारण फरक खालका मुकुट र पोशाक लगाएका लाखेहरू बार्हपिर्के गोर्खामा जम्मा भएका थिए ।
नेवार समुदायमा प्रचलित लाखे नाचको विशेष महत्व रहेको नेवाः खलः सुन्दरबजारका सल्लाहकार रामबाबु श्रेष्ठले बताउनु भयो । परम्परादेखि चलिआएको लोकसंस्कृति झल्कने जात्रा लोप हुने अवस्थामा पुगेकाले प्रतियोगितामा भाग लिन गएको नेवाः खलः सुन्दरबजारका सदस्य राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने समूहलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने र अनुशासित टिमलाई ५÷५ हजार रुपैयाँ पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सुन्दरबजार नेवाः खलःका लाखे नाच कलाकारहरूमा नेवाः खलः सुन्दरबजारका निवर्तमान अध्यक्ष एवम् प्रतिष्ठित व्यवसायी सुरेन्द्रमान श्रेष्ठ, ढलकी बजाउने बाद्यबादकमा ज्ञानराज श्रेष्ठ र मिराज श्रेष्ठ, झ्याली बजाउनेमा सन्ध्या श्रेष्ठ र पविना श्रेष्ठका साथै चम्पाकेमा मिनराज श्रेष्ठ सहभागी रहनु भएको नेवाः खलः सुन्दरबजारका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनु भयो ।
आफूहरूले नेवा संस्कृति जगेर्ना र संरक्षण गर्न लाखे नृत्य गरी गोर्खा जिल्लासम्म गएर दोस्रो स्थान हासिल गरी सुन्दरबजार नेवाः खलःको प्रचारप्रसार गर्न पाउँदा अत्यन्तै खुशी लागेको नेवाः खलः सुन्दरबजारका निवर्तमान अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले बताउनु भयो ।

प्रकाशित मिति २०८० आश्विन १, सोमबार ०६:३९ गते
हजुरको प्रतिक्रिया