सरकारी निकायहरूलाई जिम्मेबारी बनाउन क्षतिपूर्तिसहितको वडापत्र जारी गर्नु पर्छ : अधिवत्ता बिष्णु गिरी

सरकारी निकायहरूलाई जिम्मेबारी बनाउन क्षतिपूर्तिसहितको वडापत्र जारी गर्नु पर्छ : अधिवत्ता बिष्णु गिरी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २ गते मङ्गलबार ०७:३६

नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरे पछि उहाँको चर्चा चुलिएको हो ।

गिरीले पैसा खर्च गर्न नसक्नेहरूका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्नु भएको छ ।

काठमाडौं– कानूनी साक्षरता अभियानमा जुटिरहेका अधिवक्ता बिष्णु गिरीले सरकारका हरेक निकायले क्षतिपूर्ति सहितको वडापत्र जारी गर्नु पर्ने बताउनु भएको छ । क्षतिपूर्ति सहितको वडा पत्र जारी गर्नाले सरकारी निकायहरू बढी जिम्मेबारी हुने अधिवक्ता गिरीको भनाइ छ ।
सरकारी कार्यालयहरूमा यो कामको लागि यसलाई भेटने यति शुल्क लाग्ने र यति समयमा काम सम्पन्न हुने भनेर लेखिएको भए पनि सो अनुसारको काम नहुनाले सेवाग्राहीले दुःख पाएको भन्दै कार्यालयले तोकेको समयमा सेवा दिन नसेके क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने बताउनु भएको हो ।
नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका अधिवक्ता गिरी पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर गरे पछि उहाँको चर्चा चुलिएको हो । हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक रहेकोले आफू कानूनी साक्षरता अभियानमा जुटेको बताउनु भएको छ ।
कानुनी साक्षरता अभियानमा स्थानीय निकाय, विद्यालय तथा क्लव विभिन्न सामाजिक संघ संस्था कम्पनी तथा सामाजिक सञ्जाल मार्फत कानूनी दिदै आएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसममिति सदस्य समेत रहेका अधिवक्ता गिरीले अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन केपी ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसक्नु भएको छ । विभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा अधिवक्ता गिरीले जानकारी दिने गर्नु भएको छ ।
मेलमिलाप कर्तासमेत रहनु भएका अधिवक्ता गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम दिदै आएका छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता प्रदान गर्नु भएको छ । अधिवक्ता बिष्णु गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, वङ्लादेश, भारत, चीन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमणको अनुभव छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको कानून सम्बन्धी तालिम प्राप्त उहाँ विभिन्न संघ संस्थाबाट सम्मान प्राप्त गर्नु भएका अधिवक्ता गिरीका एलवि ल फर्मका सञ्चालक समेत हुनुहुन्छ । अधिवक्ता गिरीको श्रीमती एक छोरा र एक छोरीका साथ बुढानिलकण्ठमा बस्ने गर्नु हुन्छ ।

प्रकाशित मिति २०८० आश्विन २, मंगलवार ०७:३६ गते
हजुरको प्रतिक्रिया