लमजुङको जिल्लास्तरमा अर्थ्ली प्याराडाईज आमावि बेसीशहरले ल्यायो सर्वाधिक जिपिए

लमजुङको जिल्लास्तरमा अर्थ्ली प्याराडाईज आमावि बेसीशहरले ल्यायो सर्वाधिक जिपिए

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २ गते मङ्गलबार ०९:१०

सो अवसरमा संस्थागत चार विद्यालय, विद्यार्थीहरू चार जना र सामुदायिक विद्यालय आठवटालाई सम्मान गरिएको हो ।

शिक्षा दिवसका अवसरमा एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान

लमजुङ– जिल्लास्तरमा अर्थ्ली प्याराडाईज आमाविले सर्वाधिक जिपिए ल्याउन सफल भएको खुलासा भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले एसईई परीक्षा २०७९ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयहरूलाई सम्मान गर्ने क्रममा सार्वजनिक गरेको सूचना अनुसार त्यस्तो खुलासा भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा एसईई परीक्षामा सबैभन्दा बढी जिपीए ल्याउन सफल विद्यार्थी र विद्यालयलाई असोज २ गते सम्मान गरेको हो । इकाईले जारी गरेको सूचना अनुसार जिल्लामै सबैभन्दा बढी जिपिए ल्याउनेमा बेसीशहर नगरपालिका– ८ सेरा स्थित अर्थ्ली प्याराडाईज आमाविले ३.३० ल्याउन सफल भएको हो । दोस्रो स्थानमा मध्यनेपाल नगरपालिका– ६ स्थित रानीपानी ग्रिनभ्याली आमावि रहेको छ । सो विद्यालयले ३.०० जिपिए ल्याएको छ । त्यस्तै, सुन्दरबजार नगरपालिका– ८ को फूलबारी स्थित ग्लोबल भिजन आमाविले २.९५ जिपिए ल्याउन सफल भएको छ । यसैगरी मस्र्याङ्दी गाउँपालिका– ३ खुदी स्थित हिमचुली सेकेन्डरी बोर्डिङ स्कूूलले २.८९ जिपिए ल्याएको छ ।
सम्मानित हुने विद्यालयहरूमा सामुदायिकतर्फ संस्कृति सदन मावि अर्चल्यानी दुराडाँडाले २.८५ जिपिए ल्याएको छ । लक्ष्मीनारायण मावि दोर्दी गाउँपालिका– २ अर्चलबोट २.७८ जिपिए, वीरभक्ति मावि राइनास गनरपालिका– ८ तार्कुघाटले २.७५ जिपिए, मस्र्याङ्दी गाउँपालिका– ८ तराञ्चेको महेन्द्रदेव माविले २.६९ जिपिए ल्याएको उल्लेख छ । गंगामिलन मावि बेसीशहर नगरपालिका– ६ मकैडाँडाले २.६३ जिपिए, मंगला मावि मध्यनेपाल नगरपालिका– ३ सोतिपसल र क्ब्होलासोंथार गाउँपालिका– ७ को बनस्थली मावि भोजेले समान २.५९ जिपिए ल्याएका छन् भने दूधपोखरी गाउँपालिका– १ को कल्लाबारी माविले २.५५ जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाईले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तहगत सबैभन्दा बढी औसत जिपिए प्राप्त गर्न सफल सामुदायिक एवम् संस्थागनत विद्यालयका साथै विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानीत हुनेहरूमा परीक्षार्थीतर्फ ४ जिपिए ल्याउन सफल बालकल्याण मावि भकुण्डे बेसीशहरका किस्मत अधिकारी, ३.९५ जिपिपिए प्राप्त गर्न सफल मध्यनेपाल नगरपालिका– ४ स्थित भैरवकाली माविका सुशान्त अधिकारी, सुन्दरबजार नगरपालिका– ७ स्थित आदर्श बाल मावि बरेटारका सन्देश पाण्डे र सोही नगरपाकिला– ८ को फूलबारी स्थित ग्लोबल भिजन इंलिस बोर्डिङ स्कूल भोटेवडारकी आशिका थापा भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विरबहादुर गुरुङले बताउनु भयो  ।
उहाँका अनुसार विद्यार्थीहरूलाई नगद ५ हजार र प्रशंसा पत्रले सम्मान गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयतर्फ एसईई परीक्षामा स्थानीय तहगत सवै भन्दा बढी जिपिए प्राप्त गर्न सफल सामुदायिक र सस्थांगत गरी १३ विद्यालयलाई प्रशंसापत्रले सम्मान गरको जनाएको छ ।
विद्यार्थी तथा विद्यालयहरूलाई जिल्ला शिक्षा समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख पूर्णवहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विरवहादुर गुरुङले संयुक्त रुपमा टीका, प्रशंसाप्रत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । सो अवसरमा संस्थागत चार विद्यालय, विद्यार्थीहरू चार जना र सामुदायिक विद्यालय आठ वटालाई सम्मान गरिएको हो ।
जिससका प्रमुख पूर्णबहादुर गुरुङले प्राप्त उपलव्धी शिक्षक, विद्यार्थीको लगनशीलताले भएको भन्दै आगामी दिनमा शिक्षामा विद्यालय तथा जिल्लालाई अझ अगाडि बढाउन प्रत्यन गर्नुपर्ने बताउनु भयो ।
यसैगरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सम्मानित विद्यार्थीहरू तथा विद्यालयहरूलाई बधाई तथा शुभकामना दिनु हुँदै जिल्लाको शैक्षिक अवस्था संस्थागत र सामुदायिक विद्यालयको नजितामा निर्भर रहने बताउनुभयो । उहाँले विद्यालयहरूको समग्र नतिजा तथा प्राप्त जिपिए सन्तोष जनक हुन नसकेको भन्दै आगामी दिनमा थप उपलव्धी मूलक र सुधारोन्मुख हुनु पर्ने उल्लेख गर्नुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विरवहादुर गुरुङले स्वागत मन्तव्य राख्दै जिल्लामा पहिलो पटक विद्यार्थी र विद्यालयलाई प्रोत्साहन गर्न इकाईले आन्तरिक स्रोतबाट सम्मान कार्यक्रम गरेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाईका लेखा प्रमुख जगदिश सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० आश्विन २, मंगलवार २१:१० गते
हजुरको प्रतिक्रिया