सुन्दरबजार(लमजुङ)– कलम तामाङ बचाउ अभियानका लागि सबिन मिश्रको बिशेष पहलमा एक लाख १७ हजार रुपैयाँ संकलन भएको छ । संकलित रकम पीडित परिवारलाई सुन्दरबजार नगरपालिका– ७ वडाध्यक्ष रेग्मीद्वारा अध्यक्ष जयराम रेग्मीले कमल ंतामाङको बुबा कृष्णबहादुर तामाङलाई असोज ४ गते हस्तान्तरण गर्नु भएको हो ।
सुन्दरबजार नगरपालिका– ६ मा स्थानीय बसोबास भएका कलम तामाङ बचाउ अभियानका लागि सो रकम सुन्दरबजार नगरपालिका– ७ तार्कुटार स्थाई घर भै हाल सिड्नी अष्ट्रेलियामा बस्नु हुने वरिष्ट समाजसेवी एवम् मानवीयताले भरिपूर्ण व्यक्तित्व सबिन मिश्रको बिशेष पहलमा आर्थिक सहयोग संकलन भएको हो । वरिष्ठ समाजसेवी सबिन मिश्रले पहलमा पठाउनु भएको एक लाख १७ हजार रुपैयाँ रकम एक कार्यक्रममा बीच कमल तामाङको बुबा कृष्णबहादुर तामाङलाई हस्तान्तरण गरिएको हो ।
सुन्दरबजार नगरपालिका– ७ को सभाहलमा उक्त सहयोग रकम सुन्दरबजार नगरपालिकाका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले कमल ंतामाङको बुबा कृष्णबहादुर तामाङलाई उपलब्ध गराउनु् भएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले कमल तामाङको मृगौला प्रत्यारोपणका लागि परोपकारी मनका धनी सबिन मिश्रको पहलमा एक लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएकोमा उहाँ र दाता सबैलाई बिशेष धन्यवाद दिदै उहाँले यो भन्दा अघि पनि सबिन मिश्रकै पहलमा सोमबहादुर गुरुङ बचाउ अभियान, बिमला कुमाल बचाउ अभियान, आइती माया तामाङ बचाउ अभियान लगायत विभिन्न अभियानमा सहयोग गर्नु भएको स्मरण गर्नु भएको थियोे ।
सो रकम हस्तान्तरण कार्यक्रममा सुन्दरबजार अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका– ७ वडाका सदस्य सन्तोष श्रेष्ठ र कर्मचारी सुर्य भुजेल, सुन्दरबजार नगरपालिका– ६ का वडासदस्य बृजेश श्रेष्ठ, चन्द्र तामाङ, पूर्व वडासदस्य आनन्दराज श्रेष्ठ, देवराज गुरुङ, सुन्दरबजार नेवाः खलःका अध्यक्ष नवराज श्रेष्ठ, भिमसेन टोल विकास संस्थाका अध्यक्ष पार्वती अधिकारी, सागर लुइँटेल लगायतको सहभागिता थियो ।
उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन सुन्दरबजार नगरपालिका– ७ का वडा सदस्य सबिना सापकोटाले गर्नु भएको थियोे ।
प्रकाशित मिति २०८० आश्विन ५, शुक्रबार २१:०४ गते