रेडियो भोटेओडार ९०.८ मेगाहर्जको १२औं वार्षिकोत्सवका साथ साधारण सभा

रेडियो भोटेओडार ९०.८ मेगाहर्जको १२औं वार्षिकोत्सवका साथ साधारण सभा

विराट न्यौपाने/अन्तरङ्ग

@antaranganews

२०८० असोज ७ गते आईतबार ०७:२४

आधुनिक प्रविधिको उच्चत्तम उपयोग गर्ने र प्रशारण सामग्रीलाई ‘भिडियोलाइज्ड’ बनाउने तथा संंचारकर्मीहरूलाई एउटा छुट्टै कोषको व्यवस्था गरेर संचयकोष, उपदान, दशैँ खर्च, बीमा आदिको व्यवस्था गर्दै लैजाने योजना रहेको रेडियोका अध्यक्ष हरिप्रसाद अधिकारीले बताउनुभयो ।

रेडियो भोटेओडार विसं– २०६९ सालमा स्थापना भएको हो ।

भोटेओडार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित रेडियो भोटेओडार ९०.८ मेगाहर्जले १२औँ वार्षिकोत्सव साधारण सभाका साथ मनाएको छ । जागरण सामुदायिक सूचना तथा संचार सहकारी संस्था लि.द्वारा सञ्चालित रेडियो भोटेओडारले सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता एक कार्यक्रमका बीच सो कार्यक्रम असोज ६ गते मनाएको हो ।
मेयर कोइरालाले रेडियोको समग्र पक्षको विकासमा नगरपालिकाकोतर्फबाट सक्दो सहयोेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विगतदेखि नै यस रेडियोलाई नगरपालिकाले सघाउँदै आएकोमा स्मरण गर्दै अबका दिनमा पनि निरन्तर रुपमा रेडियोसंगकोे आपसी सहकार्य, समन्वय गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
एक अर्को प्रसंगमा उहाँले घरगाउँमै स्वरोजगार सिर्जना गर्नका लागि नगरपालिकाले विभिन्न योजना, कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।
रेडियो भोेटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीकोे अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा उहाँले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै रेडियोको प्रमुख काम श्रोता बृद्धि रहेकाले त्यसका लागि आधुनिक प्रविधिको उच्चत्तम उपयोग गर्ने र प्रशारण सामग्रीलाई ‘भिडियोलाइज्ड’ बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले संंचारकर्मीहरूलाई एउटा छुट्टै कोषको व्यवस्था गरेर संचयकोष, उपदान, दशैँ खर्च, बीमा आदिको व्यवस्था गर्दै लैजाने योजना रहेको समेत उहाँले बताउनु भयो ।
रेडियोका वरिष्ठ उपाध्यक्ष नाराययणबहादुर कुवँरले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्र, सुन्दरबजार नगर कमिटिका सचिव धु्रव विक, ब्रोडकास्टिङ एशोसियसन अफ नेपालका सचिव किरण पाण्डे, हातेमालो मूल आमा समूहका अध्यक्ष मनु पन्त खत्री, रेडियोका शेयर सदस्य ध्रवबहादुर कुवँर, गिरिन्द्र अधिकारी, किरण कुवँर, रामहरि न्यौपाने, कृषि तथा भेटेरिनरी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद रेग्मी, रेडियोका स्टेशन म्यानेजर रुद्रहरि ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, रेडियोका शेयर सदस्य एवं श्रष्टाहरु सूर्यप्रसाद सापकोटा, मिनप्रसाद ढकाल, होत्रीराज ढकाल, नारायणप्रसाद ढकालले आफ्ना साहित्य सिर्जना वाचन गर्नुभएको थियो ।
उक्त अवसरमा नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव अमोल खनाल, पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी, रेडियोका कोषाध्यक्ष एवं भक्ति आदर्श क्याम्पसका अध्यक्ष डम्बरबहादुर कार्की, सुन्दरबजार नगरपालिका– ८ का वडाअध्यक्ष बिजेन्द्र थापा, सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेँल लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि, शेयर सदस्यहरुको उलेख्य सहभागिता थियो ।
यो रेडियो बिहान ५ः३० बजेदेखि राती १० बजेसम्म दैनिक नियमित प्रशारण हुँदै आएको छ । रेडियोले स्थापनकालदेखि नै स्थानीय समाचार, राष्ट्यि तथा अन्तर्राष्ट्यि समाचारका साथै कृषि, स्वास्थ्य, शिक्षा, जिल्लास्थित विभिन्न पालिकाहरुका गतिविधि समेटिएका विभिन्न कार्यक्रम समेत उत्पादन–प्रशारण गर्दै आएको छ ।
भावी दिनमा आवश्यकताका आधारमा परिष्कृत ढंगले रेडियो सामग्री उत्पादन–प्रशारण गर्ने रेडियोले प्रतिवद्धता व्यक्त गरेको छ । रेडियोका सचिव भीमबहादुर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमकोे सञ्चालन रेडियो भोटेओडारका समाचार प्रमुख श्याम शितल परियारले गर्नुभएको हो ।

प्रकाशित मिति २०८० आश्विन ७, आईतवार १९:२४ गते
हजुरको प्रतिक्रिया