काठमाडौँ– नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिनु भएको छ ।
खड्काले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत राजीनामा पत्र असोज १० गते बुझाउनु भएको हो ।
प्रतिनिधि सभा सदस्य समेत रहनु भएका खड्काले कार्यव्यस्ता देखाउँदै जिल्ला सभापतिबाट राजीनामा दिएको बतायउनु भएको छ । उहाँले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गर्नु भएको छ ।
खड्काका स्वकीय सचिव भुपाल बस्नेतले जिल्ला सभापति पदबाट खड्काले राजीनामा दिएको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार ‘प्रतिनिधि सभा सदस्य भएकोले उहाँले जिल्लामा संगठन निर्माणलगायतका काममा धेरै समय दिन पाउनुभएन, त्यसैले राजीनामा दिनुभएको हो ।
पूर्वमहामन्त्री शशांक कोइारालाका विश्वासपात्र मानिने खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट राईमान राईलाई हराउँदै सभापति हुनु भएको थियो ।
प्रकाशित मिति २०८० आश्विन १०, बुधबार २०:२५ गते