घटेन डेंगु संक्रमणको सन्त्रास

घटेन डेंगु संक्रमणको सन्त्रास

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ११ गते बिहिबार ०५:३४

जिल्लामा चालु आवमा मात्र कुल संक्रमित संख्या ७७ पुगेको छ । चालु आव ०२०८०÷८१ को पहिलो करिब साढे दुई महिनाको अवधिमा त्यति ठूलो संख्यामा डेंगु संक्रमित फेला परेका हुन् ।

असोजको १० दिन बित्दा १८ जनामा डेंगुको संक्रमण

लमजुङ । लमजुङमा डेंगु संक्रमणको सन्त्रास बढेको छ । असोज महिनामा मात्र १८ जनामा संक्रमण फेला परेसँगै सन्त्रास बढेको हो । जिल्लामा चालु आवमा मात्र कुल संक्रमित संख्या ७७ पुगेको छ । चालु आव ०२०८०÷८१ को पहिलो करिब साढे दुई महिनाको अवधिमा त्यति ठूलो संख्यामा डेंगु संक्रमित फेला परेका हुन् ।
भदौ महिनाको मसान्तसम्मको तथ्याङ्ग अनुसार यो महिनामा मात्र ४८ जनामा जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङका सूचना अधिकारी लेखनाथ उपाध्यायले बताउनु भयो । उहाँका अनुसार भदौको पछिल्लो साता डेंगु संक्रमितको संख्या ह्वात्तै बढ्न गएको छ । उहाँले भन्नुभयो, ‘पछिल्लो असोजको १० दिन बित्दा १८ जनामा डेंगुको संक्रमण देखिएको हो ।’ जिल्लाका ८ पालिका मध्ये जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको उपाध्यायले उल्लेख गर्नुभयो । स्वास्थ्य कार्यालयको तथ्याङ्ग अनुसार जिल्लाभरीका ७७ जना संक्रमित मध्य बेसीशहर नगरपालिकाका मात्रै डेंगु पुष्टि हुनेको संख्या ४० जना रहेको उपाध्यायको भनाइ छ । तर ती बसै बेसीशहरका बासिन्दा भने होइनन् उहाँले भन्नुभयो ।
पालिकास्तरमा डेंगु संक्रमित हुनेमा सबैभन्दा बढी बेसीशहर नगरपालिकामा फेला परेका हुन् । त्यसैगरी सुन्दरबजार नगरपालिकामा २२ जना, मध्यनेपाल नगरपालिकामा ११ र राइनास नगरपालिकामा ४ संक्रमित संख्या रहेको छ । तीमध्ये ३३ जना महिला र ४४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेंगु रोकथाम तथा न्युनिकरणका लागि जिल्लाको सवै पालिकामा सचेतना मुलक कार्यक्रम सञ्चालन गरिनुका साथै लामखुट्टेको लार्भा खोजी गरि नष्ट गर्ने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार आफ्ना घरवरीपरी पानी जम्ने खाल्डा खुल्डी नराख्न र सरसफाई गर्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ‘स्थानीय पालिका र सरकारी कार्यालयले हरेक साताको शुक्रबार बिहान १० बजे १०–१२ मिनेट आफ्नो कार्यालय सरसफाई गर्न अनुरोध गरेको र त्यो अभियान जारी छ ।’

प्रकाशित मिति २०८० आश्विन ११, बिहीबार ०५:३४ गते
हजुरको प्रतिक्रिया