भोटेओडार(लमजुङ)– लमजुङमा कोभिडकाल पछिको पहिलो महिला महाभेलाको आयोजना गरिएको छ । वाकस लमजुङ र श्लिषा संस्थाको संयुक्त आयोजनामा यहाँ स्थित भक्ति नमुना माविमा असोज १३ गते एक कार्यक्रमका विच महाभेला विविध कार्यक्रमका साथ सम्पन्न भएको हो ।
‘महिला काममा बालबालिका विद्यालयमा’ भन्ने मुख्य नाराको साथ वाकस लमजुङ र श्लिषा संस्थाले सो कार्यक्रमको आयोजना गरेका हुन् । कोभिडकाल अघि श्लिषा संस्थाको एकल आयोजनामा यही स्थानमा महिलाहरूको पहिलो महामेला गरिएको थियो ।
सुन्दरबजार नगरपालिकाकी उपमेयर भवानी केसीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो । उहाँले उदघाटन मन्तव्यका क्रममा माहिलाहरूको हरेक समस्यालाई समधानका गर्नका लागि आफू निरन्तर रुपमा लागिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि महिलाहरूको जिविकोपार्जनका लागि नगरपालिकाबाट विभिन्न कार्यक्रम तथा तालिम सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा सो कार्यक्रमका विशिष्ट अतिथि एवम् परिकल्पनाकार तथा श्लिषा संस्थाकी संस्थापक संगीता श्रेष्ठले संस्थागत गतिविधिका बारेमा जानकारी दिनु भएको थियो । उहाँले लमजुङ लगायत अन्य ४ जिल्लाहरू काठमाडौ, ललितपुर, तनहुँ र रौतहटमा समिति गठन गरी औपचारिक रुपमा सक्रिय रुपमा काम गर्दै आइरहेको जनाकारी दिनु भयो । उहाँले आफू कबखभ तजभ अजष्मिभचल (सेभ दि चिल्ड्रेन)को प्रतिनिधिका रुपमा लमजुङमा काम गर्दादेखिनै महिला र बालबालिकाको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच आएर आज भन्दा २३ बर्ष अगाडि श्लिषा संस्था स्थापन गरेको स्मरण गर्नु भयो ।
सोही संस्थाले २०७८ सालमा स्थापन भएको वाकस लमजुङसंग सहकार्य गर्दै आएको जानकारी दिदै यस संस्थाले महिलालाई कसरी व्यवसायी बनाउने भन्ने मुख्य उद्देश्य लिएर अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँका अनुसार बिभिन्न क्षेत्रहरूमा सदस्यहरूलाई तालिम दिएर पुष्प खेती, सिलाई बुनाई जस्ता कार्यहरू सञ्चालन गर्दै आइरहेका छौं उहाँले भन्नुभयो । बिस्तारै लमजुङको ८ वटै पालिका हुँदै नेपाल भरि काम गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
वाकस लमजुङकी अध्यक्ष बिष्णु गुरुङले आफ्नो संस्था तथा अभियानका बारेमा बताउँदै संस्थालाई सहयोग गर्न चाहानेहरूलाई दाता सदस्यको रुपमा राखिने लगायत संस्थाका कार्ययोजनाहरूका बारेमा जानकरी दिनु भएको थियो ।
सो अबसरमा अभियानलाई सफल बनाउन हरतबरबाट सहयोग गर्ने व्यक्तिहरू श्लिषा संस्थाकी संस्थापक संगीता श्रेष्ठ, कार्यक्रम प्रबन्धक सिरिस श्रेष्ठ लगायत १२ जनालाई सम्मान गरिएको श्लिषा संस्था लमजुङकी पवित्रा परियारले बताउनुभयो । उहाँको अनुसार खुल्ला सत्र पछि बन्द सत्रगरी क्षेत्रगत बार्षिक कार्ययोजना उपर छलफल गरी आगामी बर्षको कार्ययोजना पास गरेको छ ।
सो अवसरमा हजिससका निवर्तमान प्रमुख लोकराज पाण्डे, भक्ति नमुनाका प्रअ यज्ञराज घिमिरे, कार्यक्रम प्रबन्धक शिरिस श्रेष्ठलगायत करिब दुई हजार बढीको उपस्थिति रहेको थियो ।
जिल्ला भित्रका ४ पालिकाहरू सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिकामा ९ क्षेत्र बिभाजन गरि काम गर्दै आईरहेको छ ।
वाकस लमजुङकी अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वाकस लमजुङकी सदस्य कल्पना पोखरेल देवकोटाले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० आश्विन १३, शनिबार २१:२४ गते