महान चाडहरूको मुखमा सरकारद्वारा सर्वसाधारणलाई महंगी उपहार

महान चाडहरूको मुखमा सरकारद्वारा सर्वसाधारणलाई महंगी उपहार

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १४ गते आईतबार ०५:२९

सरकारले जागिरे व्यक्तिहरूका लागि बडादशैं मान्नका लागि एक महिनाको तलब बोनस दिन्छ त्यो रकम वितरण गर्न पनि थालिसकेको छ, कतिपय कार्यालयका कर्मचारीले त्यो रकम बुझिसकेका छन् र बाँकी रहेकाहरूले पनि यो साता भित्र सबैले पाइसक्ने छन् । तर जो नोकरी गर्दैनन् त्यस्ता सर्वसाधारणका लागि सरकारले बोनस दिनु त परको कुरा उल्टै मूल्य बढाएर महंगीको आगोमा पिसिएका उनीहरूलाई बलिरहेको आगोमा घिउ थप्ने काम गरेको छ ।

सरकारले खाना पकाउने ग्यासको भाउमा एकसाथ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको घोषणा गरेको छ ।

काठमाडौं– महान चाडको मुखमा सरकारले इन्धनको मूल्य बढाएर सर्वसाधारणलाई महंगी उपहार दिएको छ । सरकारले आज असोज १५ गते विहान १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएर सर्वसाधारणलाई बडादशै, तिहार, छठ लगायतका पर्वमा महंगी उपहार दिएको छ ।
सरकारले जागिरे व्यक्तिहरूका लागि बडादशैं मान्नका लागि एक महिनाको तलब बोनस दिन्छ त्यो रकम वितरण गर्न पनि थालिसकेको छ, कतिपय कार्यालयका कर्मचारीले त्यो रकम बुझिसकेका छन् र बाँकी रहेकाहरूले पनि यो साता भित्र सबैले पाइसक्ने छन् । तर जो नोकरी गर्दैनन् त्यस्ता सर्वसाधारणका लागि सरकारले बोनस दिनु त परको कुरा उल्टै मूल्य बढाएर महंगीको आगोमा पिसिएका उनीहरूलाई बलिरहेको आगोमा घिउ थप्ने काम गरेको छ ।
सरकारले भोलिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो ।
निगमले १३ गते साँझ एक विज्ञप्ति जारी गरी खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ । त्यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ ।
यसैगरी, हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको छ ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि– २०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । ती क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १७६ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १८४ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १७८ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १८५ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १७९ रूपैयाँ पर्नेछ ।
अब खाना पकाउने ग्यासको भाउ भने सबैतिर दुई हजार एक सय १० रूपैयाँ प्रतिसिलिन्डर पर्ने भएको छ ।

प्रकाशित मिति २०८० आश्विन १४, आईतवार ०५:२९ गते
हजुरको प्रतिक्रिया