राइनासको सातबीसे नेवोटे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः डम्वरबहादुर अधिकारी

राइनासको सातबीसे नेवोटे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः डम्वरबहादुर अधिकारी

प्रमोद अधिकारी/अन्तरङ्ग

@antaranganews

२०८० असोज १४ गते आईतबार ०९:०८

राइनास नगरपालिका– ४ का वडाध्यक्ष बलराम पराजुलीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उहाँले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

समितिले ३२० घरधुरीले हालका दिनसम्म यस समितिबाट उपलब्ध गराईएको छ ।

लमजुङ– राइनास नगरपालिका– ४ सातबीसे स्थित छैटौं वार्षिक साधारण भेला तथा अधिवेसन सम्पन्न भएको छ । सातबीसे नेवोटे खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः डम्वरवहादुर अधिकारी असोज १३ गते चयन हुनुभएको हो ।
नव गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा टिकाराम घिमिरे, सचिवमा दुर्गाप्रसाद पन्त, कोषाध्यक्षमा नरमाया देवकोटा, सदस्यहरूमा दिलबहादुर राना, सूर्यबहादुर थापा, अमिनदिन मिया, मिनाकुमारी अधिकारी, जनिफा खातुन, टिकाराम त्रिपाठी र ईश्वरबहादुर खड्का चयन हुनुभएको छ ।
राइनास नगरपालिका– ४ का वडाध्यक्ष बलराम पराजुलीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उहाँले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै उपभोक्त समितिले स्थानीयस्तरमा स्वच्छ खानेपानी सहज तरिकाले सर्वसुलभ मूल्यमा जनताको घरघरमा पुर्याएर सुविधा दिएकोमा धन्यवाद व्यक्त गर्नु हुँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न उत्साहित गर्नुभएको छ ।

कार्यक्रममा शौभाग्योदय मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङले शुभकामना मन्तव्य राख्नु भएको थियो भने टिकाराम घिमिरे, डम्वरबहादुर अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू, आमा समूहका प्रतिनिधिहरू लगायतको उपस्थिति रहको थियो ।
समितिका कोषाध्यक्ष नरमाया देवकोटाले ३२० घरधुरीले हालका दिनसम्म यस समितिबाट उपलब्ध गराईएको स्वच्छ खानेपानी सहज रुपमा उपभोग गरिरहेको जानकारी गराउँदै ८ लाख २३ हजार ६ सय ६९ रुपैया ८६ पैसा बराबरको आय÷व्याय विवरण प्रस्तुत गर्नु भएको थियो । डम्वरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव दुर्गाप्रसाद पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० आश्विन १४, आईतवार ०९:०८ गते
हजुरको प्रतिक्रिया