‘सोराङी’को ‘रुपान्तरण’ मुक्तक संग्रह सार्वजनिक

‘सोराङी’को ‘रुपान्तरण’ मुक्तक संग्रह सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १४ गते आईतबार ०५:३१

कार्यक्रमका प्रमुख अतिथिमा वरिष्ठ विश्लेषक, समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की हुनुहुन्थ्यो भने वरिष्ठ अतिथिमा मदन पुरस्कार विजेता तथा वरिष्ठ नियात्राकार यूवराज नयाँघरे र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा रहनु भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा उक्त कार्यक्रमको भएको हो ।

काठमाडौं– मुक्तककार कर्ण दयाल ‘सोराङी’को ‘रुपान्तरण’ मुक्तक संग्रह सार्वजनिक गरिएको छ । सामाजिक विकास समाज, अनामनगर काठमाडौंको हलबाट सो कीर्तिको असोज १३ गते विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिमा वरिष्ठ विश्लेषक, समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्की हुनुहुन्थ्यो भने वरिष्ठ अतिथिमा मदन पुरस्कार विजेता तथा वरिष्ठ नियात्राकार यूवराज नयाँघरे र लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा रहनु भएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा उक्त कार्यक्रमको भएको हो ।
प्रमुख अतिथि कार्कीले कीर्तिको महत्वमा प्रकाश पार्नु हुँदै नेपाली साहित्यका वर्तमान परिवेशका सन्दर्भहरूको विश्लेषण गर्नु भएको थियो । उहाँले कृतिकारको समेत प्रशंसा गर्नु भएको थियो ।
सो अवसरमा शुभकामना मन्तव्य विजयध्वज थापा, प्रा.डा. गोविन्द मानसिंह कार्की, यूवराज नयाँघरे, पद्मलाल विश्वकर्मा, पञ्चकुमारी परियार र राधेश्याम लेकालीले दिनुभएको थियो ।
माधव बिडारी ‘चेतनपथ’को समीक्षालाई अझ बढी हौसला र साथ दिँदै प्रमुख अतिथि प्रा. डा गोविन्द मानसिंह कार्कीज्यूले कृतिकारको बारेमा विशेया शब्दहरू खर्चिनुभएको थियो ।
उक्त कार्यक्रममा सर्जकहरू प्रकाश घायल, लव खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, माया उपाध्याय, दिपक पनेरु, उदाÞस कार्की, नम्रता उप्रेती, नवराज पोखरेल, पुष्कर बिक र बद्री उप्रेतीले लोकार्पित कृतिबाटै मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिहरू संविधान सभाका सदस्य पद्मलाल विश्वकर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ पन्च कुमारी परियारज्यू र लोकार्पित कृतिका समीक्षक कवि, आख्यानकार माधव बिडारी ‘चेतनपथ’ रहनु भएको थियो । उक्त कार्यक्रममा समूहका तर्फबाट मदन नेपालले हामी र हाम्रो कृति समूहको उदेश्य र भावि कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । विभिन्न संघ संस्थाका अध्यक्ष सहित साहित्यानुरागीहरू करिव ६० को उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुक्तककार कर्ण दयाल ‘सोराङी’ले कीर्ति तयार गर्दाका घट्ना क्रमका साथै संग्रहित सामग्रीका बारेमा प्रकाश पार्नु भएको थियो ।
साहित्यकार नम्रता उप्रेतीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन मित्र भुवन सिवाकोटी चौघरेले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८० आश्विन १४, आईतवार १७:३१ गते
हजुरको प्रतिक्रिया