विवेक ओझाको ‘ऐँठन’लाई यस वर्षको मदन पुरस्कार

विवेक ओझाको ‘ऐँठन’लाई यस वर्षको मदन पुरस्कार

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १५ गते सोमबार ११:३४

वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । वि. सं. २०१३ सालमा पहिलो पटक प्रदान गरिएको हो ।

जगदम्बा– श्री सम्मान कलाकार मुखियालाई

काठमाडौं– यस वर्षको मदन पुरस्कार उपन्यास ‘ऐँठन’लाई प्रदान गरिने भएको छ । त्यसका लेखक विवेक ओझाको हुनुहुन्छ । मदन पुरस्कार गुठीको बैठकले ओझाको ‘ऐँठन’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय असोज १४ गते गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दिक्षितले ‘ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय बैठकले गरेको छ,’ बताउनु भयो । बसेको साधारण सभाले विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐठान’लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बैठकपछि एक विज्ञप्ति जारी गर्दै गुठीका अध्यक्ष कुन्द दीक्षितले उल्लेख गर्नु भएको छ, ‘बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट विवेक ओझाद्वारा लिखित ऐठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गर्यो ।’
विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ ।
लेखक ओझाको यो तेस्रो पुस्तक हो । यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन् ।
द्वन्द्वकालका घटनाम आधारित उपन्यास साङ्ग्रिला बूक्सद्वारा प्रकाशन गरिएको हो । उपन्यास ऐंठनमा दुई दशकअघि माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ ।
मदन पुरस्कार गुठीले यसअघि शीर्ष पाँच कृतिहरू छनोट गरेर सार्वजनिक गरेको थियो ।
प्राप्त कुल ३१३ कृतिबाट छनोट भएका पाँच उत्कृष्ट कृतिमध्ये पनि ऐँठनले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गरेको हो ।
उत्कृष्ट पाँचमा छनोट हुने कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।
सुरूमा यो पुरस्कार गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो ।
मदन पुरस्कार पहिलोपटक वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार अर्पण गरिएको थियो ।
जगदम्बा– श्री सम्मान कलाकार मुखियालाई :
त्यसैगरी, बैठकले २०७९ सालको जगदम्बा– श्री सम्मान कलाकार मुखियालाई प्रदान गर्ने निर्णय गरेको छ । अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा– श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष दीक्षितले बताउनु भयो । मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए । उहाँ ६ दशकदेखि कला क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
‘अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीहरू माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएको भन्दै मुखियालाई जगदम्बा– श्री पुरस्कार अर्पण गरिएको हो ।
वि.सं. २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा– श्री पुरस्कारको स्थापना गरिएको हो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई अर्पण गरिएको थियो ।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति र संस्थालाई जगदम्बा–श्री अर्पण गरिन्छ ।
२०७८ सालको जगदम्बा– श्री सम्मान भाषा–साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई प्रदान गरिएको थियो । जगदम्बा– श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिँदै आएको छ ।
नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा– श्री सम्मान अर्पण गरिन्छ ।
मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार÷चार लाख रुपैयाँ रहेको छ ।
मदन पुरस्कारका विजेताहरू :
वि. सं. २०१३ सालमा पहिलो पटक प्रदान गरिएको यो पुरस्कार प्राप्त गर्ने विजेताहरू क्रमशः सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी थिए । वि. सं. २०२३ सालमा ‘मानव (महाकाव्य)’ कृति लेखेर लेखक मोदनाथ प्रश्रितले २४ वर्षकै उमेरमा हालसम्मको कम उमेरमा मदन पुरस्कार पाउन सफल भएका थिए । अहिलेसम्मको मदन पुरस्कार पाउने श्रष्टाहरू मध्ये एकै परिवारका दुई सदस्यहरू धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतमले मदन पुरस्कार पाएका छन् । सत्यमोहन जोशीले सबैभन्दा बढी पटक मदन पुरस्कार पाएका थिए भने महिलातर्फ पारिजात (विष्णु कुमारी वाइवा)ले ‘शिरिषको फूल’बाट र झमक घिमिरेले ‘जीवन काँडा कि फूल’बाट पाउनु भएको हो । मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने व्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ ।
वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो । सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो । वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान– विदुषीहरूलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
गुठीले वि. सं. २०२५ सालसम्म ४÷४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो । वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई २५ हजार रुपैयाँको नगद पुरस्कार दिने व्यवस्था भयो । वि. सं. २०४० सालमा रकम ३० हजार रुपैयाँ पुग्यो । वि. सं. २०४२ सालमा ४० हजार रुपैयाँ र वि. सं. २०४३ सालदेखि ५० हजार रुपैयाँ गर्दै वि.सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरि १ लाख रुपैयाँ पुग्यो । वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ ।

प्रकाशित मिति २०८० आश्विन १५, सोमबार ११:३४ गते
हजुरको प्रतिक्रिया