एमाले कर्णालीको पहिलो अधिवेशनअन्तर्गत नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ । तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन् । तीमध्ये ४४ जना निर्विरोध चयन भएका छन् ।
मतदानमा ६०९ जनाले भाग लिएकका थिए ।
मतदान सकिएको १५ घन्टापछि गणना सुरू
सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणना मतदान सम्पन्न भएको झन्डै १५ घन्टापछि सुरू भएको छ । अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिनु भएको छ । दुई सय मत गन्दा गुलाबजंग शाह दोब्बर मतले अघि हुनुहुन्छ ।
दुई सय मत गन्दा शाहले १ सय २१ मत पाउनु भएको छ भने उहाँका प्रतिस्पर्धी मीनबहादुर शाहीले ६५ मत पाउनु भएको छ । उपाध्यक्षमा टेकराज पछाईंले १ सय ८ र लालबहादुर महताराले ५९ मत पाउनु भएको छ ।
सचिवमा ध्रुव शाहीले १ सय ३७ र रुद्र शाहीले ५१ मत पाउनु भएको छ ।
सय मत गणना गर्दा साहले ५२ मत प्राप्त गर्दै अग्रता बनाउँदा अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ मत पाउनु भएको थियो । एमाले कर्णाली अधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना असोज १५ गते भएको हो ।
अध्यक्षका तीन जना उम्मेदवार र उनीहरूका एकएक जना प्रितिनिधि मतगणना स्थलमा बस्ने सहमति भएपछि मतगणना सुरू भएको हो । सिटी हलमा मतगणना सुरु भएको अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो । सोमबार बिहान आठ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण केही घण्टा ढिलो सुरु गरिएको हो ।
प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा छन् । एमाले केन्द्रको नेतृत्वको निर्देशन विपरित शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए ।
यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महातारा उम्मेदवार छन् । सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन् । उपसचिवमा ९ जनाको उम्मेदवारी छ । सिटी हलमा कार्यकर्ताद्वारा कतोडफोड :
यसैबीच, नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन भइरहेको वीरेन्द्रनगर सिटी हल तोडफोड भएको छ । मतगणना सुरू भएलगत्तै एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन् ।
अधिवेशनमा उपस्थित एक नेताका अनुसार निर्वाचन कमिटीको सदस्य रहेका सत्य शाही र प्रदेशका एक नेताबीच हिजो विवाद उत्पन्न भएको थियो ।
कत्यसपछि सत्य शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो । आज दिउँसो मतगणना सुरू हुन लाग्दा उनीपनि सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राख्नु भएको थियो ।
मतगणनामा अवरोध गरेपछि निर्वाचन कमिटीले उहाँलाई प्रहरीको जिम्मा लगाएको छ । शाही अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग प्रमुख हुनुहन्छ ।
पार्टीभित्रको आन्तरिक विवाद पार्टीमै मिलाउनु पर्नेमा सत्य शाहीलाई प्रहरीको जिम्मा लगाइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरू सिटी हलमा पुगेर प्रदर्शन गरेका थिए । उनीहरूले लात्ती प्रहार गर्दा गेटको सिसा फुटेको प्रत्यक्षदर्शीले बताए ।
शाहीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले केहीबेर नियन्त्रणमा लिएर छोडेको छ । घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।
नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ । तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन् । तीमध्ये ४४ जना निर्विरोध चयन भएका छन् ।
मतदानमा ६०९ जनाले भाग लिएकका थिए ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..