बेसीशहर– लमजुङ अस्पतालमा कार्यकक्षमा डा. उपर हातपात गर्ने बेसीशहरनगरपालिका– ७ का वडाध्यक्ष ऋषिराम बस्नेत एकलाख धरौटी राखेर तारेखमा रिहा भएका छन् । जिल्ला अदालतको आदेशले बस्नेत एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा असोज १५ गते रिहा भएका हुन् ।
उनका विरुद्धमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा विरुद्धको कसुरमा मुद्दामा चलेको थियो । सो मुद्दाको छेकथुन बहसमा लमजुङ जिल्ला अदालतका स्रेस्तेदार भेषराज पौडेलको आदेशले एक लाख रुपैया धरौटी माग भएकोमा सो रकम राखेर बस्नेत रिहा भएको अदालत स्रोतले बताएको छ ।
वडाध्यक्ष बस्नेतबाट विरुद्धमा दोस्रो पटक यस्तो घट्ना घटाइएको भन्दै उनका विरुद्धमा मुद्दा दर्ता भएको हो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन– २०६६ दफा ३ को कसुरमा सोही ऐनको दफा १५ अनुसार ३ लाख रुपैयाँ सम्म जरिवाना, ३ वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । सोही दफा अनुसार सरकारी वकिल कार्यालयबाट हदैसम्मको सजाय माग गरिएको सो मुद्दामा मात्र एक लाख रुपैयाँ धरौटीमा बस्नेत रिहा भएका हुन् ।
वडाध्यक्ष बस्नेतका पक्षबाट अधिवक्ता विजयप्रकास अधिकारीले वहस पैरवी गर्नु भएको थियो भने उनको विपक्षमा जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर रानामगरले बहस गर्नु भएको थियो ।
बस्नेतका विरुद्ध परेको मुद्दामा अनुसन्धानका लागि पहिलो पटक पाँच दिनको म्याद थप भएको थियो भने असोज १४ गतेमात्र चार दिनको म्याद थप भएको थियो । यस्ता प्रकृतिका फैज्दारी मुद्दामा प्रहरीले अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । तर वाडध्यक्ष बस्नेत भने छ दिनकै दिनमा रिहा भएका छन् । यस घट्नाबाट लमजुङमा न्यायनिसाफ छिटो हुन थालेको हो ? भन्ने प्रश्न समेत उठेको छ । भोलिका दिनमा यस्ता प्रकृतिका घट्नामा पनि यसैगरी न्याय निरुपण होला ? आम जिल्लाबासीको जिज्ञासा छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा अनुसन्धानको प्रक्रिया पुरा भएकोले बस्नेताको मुद्दा अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनु भयो । लमजुङमा नयाँ नजिक कायम भएको देखियो, भोलिका दिनमा हुने यस्ता प्रकृतिका अन्य मुद्दाहरूमा पनि यत्तिकै छिटो छरितो काम हुन्छ होला ? भन्ने थप जिज्ञासामा यो अन्तिम भएको होइन, अदालतले दुवै पक्षलाई बोलाएर बयान लिन्छ, टुंगिन त अझै एक वर्ष लाग्न पनि सक्छ प्रनाउ घलेले भन्नुभयो । यहाँहरूले यस घट्नाका बारेमा थप प्रमाण केही पाउनु भयो भने त्यो प्रमाण उक्त मुद्दाको मिसिलमा चढ्छ र ? भन्ने थप जिज्ञासामा हाम्रो प्रक्रिया पुरा भएर अदालत गएको हो घलेले भन्नुभयो ।
स्मरणीय छ, फौजदारी अभियोगको मुद्दाको अनुसन्धान कार्य छ दिनमै सकेर जिल्ला अदालतमा बुझाउने नयाँ नजिर जिल्लामा स्थापित भएको छ । यस काण्डले भोलिका दिनमा सर्वसाधारणका लागि पनि न्याय पाउन सहज हुनेछ अन्यथा, प्रहरी प्रभावित भएको पुष्टि हुने आमबुझाइ छ ।
प्रकाशित मिति २०८० आश्विन १५, सोमबार १८:५६ गते