विराटनगर– सुनसरी चक्रघट्टीमा बस्दै आउनु भएका श्रीनिवास आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँउपर साम्प्रदायिक र धार्मिक द्वन्द्व सिर्जना गरेको आरोप छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले प्रहरी श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन असोज १६ गते नियन्त्रणमा लिइएको बताउनु भयो ।
उहाँले केही दिन अगाडि गौहत्या गर्नेहरूलाई हत्या गर्न आह्वान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उहाँको अभिव्यक्ति थियो । उहाँले हातमा खुकुरी बोकेर भन्नुभएको थियो, ‘‘‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । यदि राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल हुँदै आएको छ ।
स्मरणीय छ, यसअघि २०७६ सालमा श्रीनिवासलाई आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएको थियो ।
प्रकाशित मिति २०८० आश्विन १६, मंगलवार २१:१४ गते