सानिमा विकास बैंकद्वारा लमजुङका २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सानिमा विकास बैंकद्वारा लमजुङका २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १८ गते बिहिबार ०३:०२

सो कार्यक्रम अन्तरगत बैंकले ती विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीहरूका अतिरिक्त मासिक दुई हजार रुपैया प्रदान गर्ने गर्दछ ।

शाखाले सुन्दरबजार नगरपालिका– ६ का रुस्बिना वि.क, र मर्स्याङ्दी गाउँपालिका– ३ का राजन गुरुङलाई छात्रबृति प्रदान गरेको हो ।

लमजुङ– सानिमा बैंक लि.को बेसीशहर शाखाले जिल्लाका २ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च माध्यमिक शिक्षाका लागि छात्रबृति प्रदान गरेको छ । बैंकले ती विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीहरूका अतिरिक्त मासिक दुई हजार रुपैया प्रदान गर्ने गर्दछ ।
सानिमा बैंकको बेसीशहर शाखाले सुन्दरबजार नगरपालिका– ६ का रुस्बिना वि.क, र मर्स्याङ्दी गाउँपालिका– ३ का राजन गुरुङलाई छात्रबृति प्रदान गरेको सोे बैंकको बेसीशहर शाखाका प्रवन्धक नवीनबिक्रम रायमाझीले बताउनु भयो । उहाँका अनुसार विगत ७ बर्षदेखि काठमाडौं उपत्यका बाहिर सञ्चालिन प्रत्येक शाखाहरूबाट कक्षा– ११ र १२ का लागि २– २ जना विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्ष बेसीशहर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)  अन्तर्गत शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम तय गरे अनुसार सो रकम वितरण गरिने भएको हो ।
प्रवन्धक रायमाझीले भन्नुभयो, ‘बैंकले काठमाडौं उपत्यका बाहिरका हरेक शाखाहरूबाट दुई जनालाई छात्रवृत्ति दिदैं आएकोलाई यो वर्ष पनि निरन्तरता दिएको हो । यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि सानिमा बैंकको शाखा रहेका स्थानीय निकायका स्थायी बासिन्दाहरू मध्येबाट २०७९ सालमा सञ्चालित एस.ई.ई. परीक्षामा न्यूनतम ‘बी’ ग्रेड अर्थात २.४० जि.पि.ए प्राप्त गरी उत्तीर्ण गर्ने गरीब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई आवेदन दिन सूचना प्रकाशित गरी विद्यार्थीको छनौट गर्ने गरेको उहाँको भनाइ छ ।
सोही निवेदनका आधारमा प्राप्त आवेदक विद्यार्थीहरू मध्येबाट सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनौट प्रक्रिया अन्तर्गत पर्न आएका १५ निवेदकहरू मध्ये अन्तिम छनोटमा परेका ८ जना विद्यार्थीहरूको शैक्षिक छात्रवृत्ति छनौटका लागि लमजुङ जिल्ला स्थित विभिन्न निकायका व्यक्तिहरू सम्मिलित छनौट समितिद्वारा विक र गुरुङलाई छनौट गरेको हुँदा उहाँहरूलाई नै छात्रवृत्ती प्रदान गरिएको रायामाझीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बेसीशहर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) अन्तर्गत शाखाबाट दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षाको छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम राखेको थियो । उहाँले भन्नुभयो, ‘छनौट भएका दुई विद्यार्थी(विक र गुरुङ)लाई उहाँहरूले आफ्नो विद्यालयबाट भर्ना, भएको फि तिरेको रसिद तथा शैक्षिक सामग्री खरिदको बिल ल्याएपछि उहाँहरूको बैंक खातामा रकम पोष्ट गर्ने बैंकको नीति रहेको छ ।’

प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १५:०२ गते
हजुरको प्रतिक्रिया