बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ३ गाउँशहरका तीन दिन अधिदेखि बेपत्ता एक युवा पोखराबाट अझै फेला परेका छैनन् ।
पोखरा लामाचौरबाट २ दिन देखि बेपत्ता भएका छन् । पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षीय श्रीकृष्ण खत्री २ दिन देखि बेपत्ता भएका हुन् ।
खत्री १५ गते विहान कोठाबाट निस्किएका र हालसम्म कसैसगँ पनि सम्पर्कमा नआएको उनका साथी सविन कडेंलले जानकारी दिए । उनका अनुसार कडेंलको कोठामा राती बस्न पुगेका खत्री विहान आफू ७ बजे तिर उठेर हेर्दा बेडमा कडेल थिएनन् । उनले भने, ‘केही बेरसम्म कुर्दा पनि नआएपछि फोन गर्दा खत्रीको मोवाइल अफ थियो ।’ फेरी खाना बनाएर खानका लागि बोलाउन फोन गर्दा पनि फने लागेन त्यसपछि अन्य साथीहरूसँग सोधपुछ र दिन भर खोजी गरियो तर उनी फेला परेनन् ।’ साथीभाइहरूले सम्पर्क गर्दा समेत सम्पर्क नभएपछि उनीहरूले घरपरिवारमा खबर गरेको उनले बताए ।
कडेंलको खोजीका लागि परिवारले पोखरा पुगेर जिल्ला प्रहरी कार्यलय कास्कीमा निवेदन दिएको बताए छन् । प्रहरीले खत्रीको कल चेक गर्दा १६ गते विहान ५ बजेर ५९ मिनेट सम्म खुल्ला रहेको बताइएको छ ।
मोवाइल फोन अफ गरेर अघिल्लो दिन बिहानैदखि हराएका खत्रीलाई भोलिपल्ट लामाचौर एरियामा चिनेजानेका मानिसले हिडिरहेको अवस्थामा समेत देखेको तर उनी सम्पर्क विहीन भएको भन्ने खबर थाहा नभएकाले उनीहरूले केही वास्ता नगरेको बताएका छन् ।
उनको खोजीका लागि पोखरा पुगेका परिवारजनले कतै फेला परेमा मो.नं ९८४६७७०२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १५:३२ गते