काठमाडौँ– धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ । धर्मगुरु आचार्यमाथि जिल्ला प्रशासन कार्यालय धनुषा आज असोज १८ गते मुद्दा दर्ता भएसँगै हिन्दूहरूको अग्नि परीक्षा शुरु भएको हो ।
धनुषा प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले धर्मगुरु आचार्यमाथि जिल्ला प्रशासन कार्यालय धनुषा आज बताउनु भएको छ । प्रहरीले उहाँलाई असोज १६ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले उहाँ विरुद्ध उत्तेजित अभिव्यक्ति दिएको दावी गरेको छ । उहाँ सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा बस्नु हुन्छ ।
आचार्यले जनकपुरधाममा भएको विरोध कार्यक्रमममा उहाँले असोज १२ गते हिंसात्मक अभिव्यक्ति दिएको प्रहरी दावीका साथ उहाँ विरुद्ध मुद्दा चलाइएको हो । प्रहरीले उहाँ विरुद्ध दर्ता गरेको मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूरसम्बन्धी मुद्दामा एक वर्ष कैद र दश हजार जरिवाना हुनसक्ने उल्लेख छ ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १६:४४ गते