काठमाडौं– बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका देउराली बचत तथा ऋण सहकारी (साकोस)का अध्यक्ष अन्ततः पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका– ६ का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्री अनुसन्धान ब्यूरोले असोज १८ गते पक्राउ गरेको हो ।
चौलागाई उपर बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । देउराली साकोसका अध्यक्ष काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका– ६ का ३९ वर्षीय रविन्द्र चौलागाई पक्राउ परेको प्रहरी प्रधान कार्यालय केन्द्री अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चौलागाईंलाई १६ असोजमा पक्राउ गरेको भए पनि आज मात्र सार्वजनिक गरेको हो ।
उनले सहकारीका सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगि गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।
३३ जना बचतकर्ताले मासिक÷त्रैमासिक÷वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको सावाँ, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएको भन्दै हउनीविरूद्ध उजुरी दिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
बचतकर्ताहरूको हालसम्म प्राप्त जाहेरी अनुसार ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम मात्र अपचलन तथा हिनामिना गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा चौलागाईलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले चौलागाईंलाई मात्रै पक्राउ गरेको भएपनि उनको बयानको आधारमा थप कारवाही अगाडि बढ्ने प्रहरी भनाई छ ।
सीआईबीले उक्त सहकारीबाट पीडित अन्य निक्षेपकर्तालाई पनि यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार १८:०६ गते