एमाले गण्डकीमा पीएस गुरुङ निकट निवर्तमान अध्यक्ष नवराज शर्मा विजयी

एमाले गण्डकीमा पीएस गुरुङ निकट निवर्तमान अध्यक्ष नवराज शर्मा विजयी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज १९ गते शुक्रबार ०५:१२

सचिवमा धनन्जय दवाडी(लमजुङ)ले ५ सय २० मत लिएर विजयी हुनु भएको छ । अध्यक्ष पदमा पराजयसँग अधिकारीको केन्द्रीय सदस्य पदसमेत गुमेको छ ।

गृहजिल्लामै पछारिनु भयो स्थायी कमिटी सदस्य खगराज अधिकारी

पोखरा– नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित हुनु भएको छ । केन्द्रीय सदस्य समेत रहनु भएका अध्यक्ष पदका प्रत्यासी मायानाथ अधिकारीलाई १६६ मतले उछिन्दै शर्मा अध्यक्षमा निर्वाचित हुनु भएको असोज १८ गते राती अबेर घोषणा भएको हो ।
उक्त निर्वाचनमा कउपमहाचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टाछुट्टै प्यानल थियो । शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत पाउनु भएको घोषणा गरिएको छ । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूसमेत देखिनु भएको थियो भने र अधिकारीलाई महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो । अध्यक्ष पदमा पराजयसँग अधिकारीको केन्द्रीय सदस्य पदसमेत गुमेको छ ।
पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा नवराज प्यानलकै मिनप्रसाद गुरुङ (स्याङ्जा) विजयी हुनु भएको छ । गुरुङले ५ सय ३४ र अर्का प्रत्यासी बाबुराम विश्वकर्मा(नवलपुर)ले ३ सय ६२ मत प्राप्त गर्नुभयो । सचिवमा धनन्जय दवाडी(लमजुङ)ले ५ सय २० मत लिएर विजयी हुनु भएको छ । अर्का प्रत्यासी रश्मी आचार्यले ३ सय ६७ मत प्राप्त गर्नु भयो । पपुलर मत ल्याउने आशा गरिएकी रश्मीको करिश्मा पनि उज्यालिन आशातित उज्यालिन नसकेको बताइन्छ ।
उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा अर्का प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत पाउनु भएको छ । उपसचिव महिलातर्फ मञ्जु अधिकारी(पर्वत)ले ५ सय ३१ मत लिएर विजयी हुँदा मिना गुरुङ(कास्की)ले ३ सय ६५ मत पाउनु भयो । मञ्जुले प्राप्त गरेको दोस्रो स्तरको अर्थात  ‘दोस्रो  पपुलर भोट’ हो ।पदाधिकारीमध्ये सर्वाधिक मत ल्याउनु हुनेमा मिनप्रसाद गुरुङ हुनुहुन्छ । उहाँले ५३४ म पाउनु भएको छ । पाँच सयभन्दा अघिक मत ल्याउनु हुनेमा अध्यक्ष नवराज शर्मा र मञ्जु अधिकारीले बराबबर ५३१ मत पाउनु भएको छ भने ५२० धनञ्जय दजाडी हुनुहुन्छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनु भएको प्यानल बनाए उम्मेदवारी रद्द गर्नेसम्मको चेतावनीका बाबजुद पनि दुई पक्षीय नेताहरूले नै प्यानल नै बनाएर उम्मेदवार मैदानमा उतार्नु भएको थियो ।
१ सय ६५ पदका लागि भएको निर्वाचनमा २ सय ७७ जनाको उम्मेदवार चुनावी मैदानमा थिए भने ३१ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको मतदानमा ८ सय ९६ मत खसेको थियो ।

प्रकाशित मिति २०८० आश्विन १९, शुक्रबार ०५:१२ गते
हजुरको प्रतिक्रिया