रास्वपाको अब तीनै तहमा ‘नवप्रवर्तन तथा स्टार्टअप विभाग’ : अध्ययन गर्न बनायो दुई कार्यदल

रास्वपाको अब तीनै तहमा ‘नवप्रवर्तन तथा स्टार्टअप विभाग’ : अध्ययन गर्न बनायो दुई कार्यदल

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २० गते शनिवार ०८:१३

निजामती सेवा विधेयक अध्ययनका लागि पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई समेत हुनुहुन्छ भने ऊर्जा तथा भूमिगत संरचना विज्ञ ई. श्रीराम न्यौपाने संयोजक हुनुहुन्छ ।

रास्वपाले निजामती सेवा विधेयक र ऊर्जा क्षेत्रको विस्तृत अध्ययनका लागि कार्यदल बनाएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नीतिगत अध्ययनका लागि दुई कार्यदल बनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले असोज १९ गते कार्यदल बनाएको हो ।
रास्वपाले पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्नेे निर्णय गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बताउनु भयो । उहाँका अनसार रास्वपाले निजामती सेवा विधेयक र ऊर्जा क्षेत्रको विस्तृत अध्ययनका लागि कार्यदल बनाएको हो ।
निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल बनाएको हो । सो कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल र पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्वप्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारीसहित चार्टर्ड एकाउन्टेन्ट तथा पूर्वप्रशासक लिलाराज ढकाल रहनु भएको छ ।
यसैगरी, ऊर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट ऊर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेस गर्न अर्को कार्यदल समेत गठन गरेको छ । सो कार्यदलमा ऊर्जा तथा भूमिगत संरचना विज्ञ ई. श्रीराम न्यौपाने संयोजकसहित पूर्वसचिव ई. दवेन्द्र कार्की र ऊर्जा विज्ञ डा. सरोज अधिकारी सदस्य रहनु भएको छ ।

प्रकाशित मिति २०८० आश्विन २०, शनिबार ०८:१३ गते
हजुरको प्रतिक्रिया