विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केही बेरमा राजीनामा दिने तयारी गर्नु भएको छ । आजै विश्वासको मत लिने समय तोकिएको भएता पनि उहाँले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने हुनु भएको हो ।
सर्वोच्च अदालतको परमादेशपछि अल्पमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने अन्तिम समय सीमा आजसम्मको हो । उहाँले आफूलाई विश्वासको मत प्राप्त हुने अवस्था सिर्जिएपछि मार्गप्रशस्त गर्न राजीनामा दिने हुनु भएको हो ।
मुख्यमन्त्रीले कार्कीले एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आजै राजीनामा दिने जानकारी दिनुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार नियुक्त हुनु भएका मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएसँगै विश्वासको मत परीक्षण नगरी उनले राजीनामा दिने सोच बनाउनु भएको हो ।
भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठित सरकारलाई अन्य दलहरुले साथ नदिएपछि कोशीमा अब उपधारा ५ अनुसार सरकार बन्नेछ ।
यतिबेला मुख्यमन्त्रीले प्रदेश सभालाई सम्बोधन जारी छ ।
प्रकाशित मिति २०८० आश्विन २०, शनिबार १५:५३ गते