एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावल खोजे कार्यकर्ताले

एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावल खोजे कार्यकर्ताले

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २१ गते आईतबार ०७:०८

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन् । प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहनु भएका कमल तिमिल्सिना, सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षी देखानु भएको हो । तिमिल्सिना र जैसी अछामका हुनुहुन्छ भने सिंह कञ्चनपुरका रैथाने हुनुहुन्छ ।

अध्यक्ष ओली बोल्दै गर्दा उनीहरूले भने, ‘भीम रावललाई किन बोलाइएन ?’ ओलीको आदेश– ‘चुप लागेर बसौँ त एकछिन !’

धनगढी– नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वउपाध्यक्ष भीम रावललाई कार्यकर्ताले खोजी गरेका छन् । सुदूरपश्चिममा नै हुनु भएका रावललाई एमालेले अधिवेशनमा नबोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले उदघाटन भाषण गर्दै गर्दा रावलका बारेमा कार्यकर्ताहरूले चासो राख्दै असोज २१ गते प्रश्न उठाएका हुन् । कार्यकर्ताले हल्ला गर्न थालेपछि ओलीले भन्नुभयो, ‘चुपो लागेर र बसौँ त एकछिन ।’ तर रावलको बारेमा उहाँले कुनै टिप्पण गर्नु भएन ।
रावललाई अधिवेशनमा निषेध गरिएको भन्दै उहाँ निकटस्थहरूले निकै आक्रोशित हुँदै असन्तुष्टि पोखेका छन् ।
उहाँले वर्तमान सरकारबाट देश र जनताको रक्षा हुन नसक्ने टिप्पणी गर्दै एमाले नेतृत्वको सरकारपछि देश र जनताको रक्षा र ओरालो लागेको देशको अर्थतन्त्र उकालो लाग्ने उल्लेख गर्नुभयो । ओलीले भन्नुभयो, ‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पुर्याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ । देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पुर्याउनु हुँदैन ।’ ओलीले एमाले सरकारमा हुँदा देशको एक ठाउँमा मात्रै होइन, देशको पूर्व मेचीदेखि महाकालीसम्म विकासको कामलाई तीव्रताका साथ बढाएको दाबी गर्नु भयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मिसन ८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ २ सिट मात्रै आएको बताउँदै उहाँले मिसन ८४ पछि बहुमतको सरकार बनाउने बताउनु भएको छ ।
यसैबीच, एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तीन जना आकांक्षी देखिएका छन् । प्रदेश अधिवेशनमार्फत नेतृत्वमा पुग्न हाल प्रदेश उपाध्यक्ष रहनु भएका कमल तिमिल्सिना, सचिवालय सदस्यद्वय कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षी देखानु भएको हो ।
सिंहले केहीदिन अघि कञ्चनपुरमा पत्रकार सम्मेलन नै गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो भने तिमिल्सिना र जैशीले पनि आफू निकटस्थहरूमार्फत अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउनु भएको छ ।
तिमिल्सिना र जैसी अछामका हुनुहुन्छ भने सिंह कञ्चनपुरका रैथाने हुनुहुन्छ ।

प्रकाशित मिति २०८० आश्विन २१, आईतवार १९:०८ गते
हजुरको प्रतिक्रिया