बाबुउपर धारिलो हतियोर प्रयोग गरी हत्या गर्ने छोरा पक्राउ

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २१ गते आईतबार ०७:३९

सुजन वि.क.लाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरि रहेको थियो । तर हिजो घाइतेको उपचारको क्रममा मृत्यु भएको हुँदा अब सुजन वि.क. उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य थालिएको छ ।

२८ वर्षीय सुजन वि.क.ले ६० वर्षीय बाबु दिलबहादुर वि.क.को हत्या गरेका हुन्

लमजुङ– लमजुङ प्रहरीले बाबुउपर धारिलो हतियोर प्रयोग गरी हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथार गाउँपालिका– ९ बस्ने २८ वर्षीय सुजन वि.क. भएको प्रहरीले असोज २१ गते जनाएको छ ।
सोही वडा निवासी ६० वर्षीय दिलबहादुर वि.क.को असोज २० गते मृत्यु भएको हो । घटना भने असोज १० गते साँझ करिब ५ः३० बजेको समयमा भएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार दिलबहादुरलाई छोरा सुजन वि.क.ले घरायसी बिबादमा धारिलो हतियार प्रहार गरी घाईते बनाए थिए । घाईते विसको उपचारको क्रममा असोज २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले बताउनु भएको थियो । उहाँका अनुसार घटनामा संलग्न सुजन वि.क.लाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरि रहेको थियो । तर हिजो घाइतेको उपचारको क्रममा मृत्यु भएको हुँदा अब सुजन वि.क. उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य थालिएको छ ।

प्रकाशित मिति २०८० आश्विन २१, आईतवार १९:३९ गते
हजुरको प्रतिक्रिया