एमाले सुदूरपश्चिम अधिवेशन : फेरि सर्यो मतदानको समय दिउँसो, सहमति प्रयास जारी

एमाले सुदूरपश्चिम अधिवेशन : फेरि सर्यो मतदानको समय दिउँसो, सहमति प्रयास जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २४ गते बुधबार ०८:४९

अध्यक्षमा उम्मेदवारी दिनु भएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिनु भएको छैन ।

उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ । निर्वाचन प्रक्रिया लम्बिदा प्रतिनिधिहरू अलपत्र परेका छन् ।

धनगढी– नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान समय सरेर आज हुने भएको छ । हिजो साँझ मतदान गर्ने भनिए पनि सम्भव नभएपछि आज असोज २४ गते पनि दिउँसोका लागि मतदानको तयारी गरिएको हो ।
निर्वाचन प्रक्रिया लम्बिदा प्रतिनिधिहरू अलपत्र परेका छन् । एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चारजनाले उमेदवारी दिनु भएको छ । निर्वाचन समितिको प्रारम्भिक विवरण अनुसार अध्यक्ष पदमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदको उमेदवारी छ ।
आज बिहान ७ बजेबाट मतदान हुने कार्यतालिका थियो । तर, निर्वाचन कार्यतालिका पुनः परिवर्तन भएको निर्वाचन समितिले जनाएको छ । सो समितिका अनुसार परिवर्तित कार्यतालिका दिउँसो १ बजे मतदान हुने भएको छ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
आज बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएसँगै मतदान समय प्रभावित भएको हो । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ ।
सहमतिमा नै नेतृत्व चयनका लागि प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियमा ढिलाइ भएको स्रोतको भनाइ छ । अध्यक्षमा कृष्णप्रसाद वा कमल मध्ये एकजनामा सहमतिको प्रयास भएको हो, तर, दुवैजना तयार नभएकाले चुनाव नै हुने स्थिति बनेको छ ।
अध्यक्षमा उम्मेदवारी दिनु भएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिनु भएको छैन । तर अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । त्यसैमा सहमति गराउने प्रयासमा नेताहरू लागेको बताइन्छ ।

प्रकाशित मिति २०८० आश्विन २४, बुधबार ०८:४९ गते
हजुरको प्रतिक्रिया