राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दुई दिने ‘नीति मन्थन’ कार्यक्रमको आयोजना

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दुई दिने ‘नीति मन्थन’ कार्यक्रमको आयोजना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २५ गते बिहिबार ०९:००

‘नीति मन्थन’का लागि शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा, नयाँ प्रविधि र युवा, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण र कृषि, पर्यटन र हरित औद्योगिकीकरण तथा आर्थिक शिथिलता र अबको बाटो र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल विषय छनौट गरिएको छ ।

‘नीति मन्थन’को पहिलो चरणको कार्यक्रम गरिने भएको हो ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । बडादशैंको मुखमा उक्त कार्यक्रम असोज २९ गते सुरु गर्ने तयारी छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने ‘नीति मन्थन’ कार्यक्रम गरिने भएको जलवायु विज्ञ एवम् रास्वपाका लमजुङ संयोजक धर्म केसीले बताउनु भयो । उहाँका अनुसार यो पहिलो चरण कार्यक्रम होे । उहाँले भन्नुभयो, ‘छलफलका लागि मुख्य विषयहरूमा पहिलो दिन शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र, शिक्षा, नयाँ प्रविधि र युवा, भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन, स्वास्थ्य र पोषण र कृषि, पर्यटन र हरित औद्योगिकीकरण रहेको छ । त्यस्तै दोस्रो दिनमा आर्थिक शिथिलता र अबको बाटो र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल विषय छनौट गरिएको छ । समय बचेमा थप वैकल्पिक विषयमा पनि छलफल चलाउने तयारी छ केसीले उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा सम्बन्धित विषयका विज्ञहरूलाई आमन्त्रण गरी घनिभूत छलफल गर्ने कार्यक्रमको तायरी गरिएको रास्वपाले जनाएको छ । सो कार्यका लागि पार्टीमा आवद्ध हुनु भएकामात्र नभई पार्टी बाहिरबाट पनि विज्ञहरू ल्याउने तयारी छ जलवायु विज्ञ केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार ०९:०० गते
हजुरको प्रतिक्रिया