बेसीशहर– लमजुङमा समाजवादी मोर्चा नेपाल जिल्ला संयोजन समितिको घोषणा गरिएको छ । माओवादी केन्द्रको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो समितिको घोषणा असोज २५ गते गरिएको हो । सो अवसरमा मोर्चाका जिल्ला अध्यक्ष बलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले मोर्चाको आजै सम्पन्न बैठकले गरेको निर्णयका बारेमा जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु भएको थियो ।
सो अवसरमा पत्रकारका जिज्ञासामा बारेमा सभाध्यक्ष राना, माओवादी केन्द्रका जिल्ला इन्चार्ज आशा कोइराला, नेकपा(एस)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलले जवाफ दिनु भएको थियो । सो अवसरमा पत्रकारहरूले विज्ञप्तिका विषयवस्तुमा थप प्रष्ट्याउन आग्रह गर्नुका साथै वडादशैंको केलामा जिल्लामा सहुलियत पसल नखुल्नाको कारण, मध्यपहाडी लोकमार्गको सुन्दरबजार र भोर्लेटार खण्डको विवाद समाधानको उपाय, डुम्रे– बेसीशहर– चामे सडक बेसीशहर क्षेत्रमा कताबाट जान्छ तथा दुवै सडकको मापदण्ड के कति हो ? मोर्चाका खास कार्यक्रम के के छन् ? मोर्चामा समेटिएका दलका छुट्टा छु्ट्टै कार्यक्रम हुने हो होइन ? लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
संयोजक बलबहादुर राना अध्यक्ष जनता समाजवादी पार्टी नेपाल, सदस्यहरूमा रामचन्द्र पौडेल संयोजक नेकपा माओवादी केन्द्र, रामबाबु अधिकारी अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) पार्टी, रविन्द्र नखोला सचिव नेकपाले दस्तखत गरी जारी गरिएको प्रेस विज्ञप्तिको विवरण :
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण तथा विकास गर्दै नेपाली विशेषताको समाजवाद निर्माणका लागि सामाजिक न्याय सहितको समातामूलक समाज निर्माण गर्ने लगायतका उद्देश्य सहित समाजवादी मोर्चा नेपाल केन्द्र, प्रदेश हुँदै, जिल्ला संयोजन समिति गठन हुने प्रक्रियामा अघि बढेको छ । यसै शिलशिलामा २०६० असोज २५ गते जनता समाजवादी पार्टी कार्यालय लमजुङमा बसेका माचाको दोस्रो बैठक जसपा जिल्ला अध्यक्ष बलबहादुर रानाको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकमा गरिएका निर्णयहरूको सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
जनताको मतको निम्ति सञ्चालित जनय जनआन्दोलन, मधेश आन्दोलन लगायत सम्पण आन्दोलनमा सहादत प्राप्त नहुने पण अमर शहीदहरूप्रति एक मिनेट मीत धारणा गरी बैठकको शुभारम्भ गरियो । बैठकमा नेपाल कम्यूनिष्ट पाटी माओबादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पाठीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित सबै सदस्यहरूले परिचयात्मक मन्तव्य राख्न भयो । समाजवादी मोर्चालाई सशक्त ढंगले अघि बढाउन केन्द्र प्रदेशको निर्देशनको पालना गर्दै जिल्लाको वस्तुगत अवस्थाका आधारमा रचनात्मक ढंगले विकास निर्माण, जनसरोकारका मुद्दाहरू लगायतका विषयहरूलाई उठान गरी मोर्चालाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरियो ।
यही असोज २२ गते सम्पन्न गण्डकी प्रदेशको समाजवादी मीचा नेपालको बैठकको निर्णय अनुसार लमजुङ जिल्लामा क्रियाशील मात्राका घटक दलहरूका जिल्ला समिति प्रमुख सहित प्रत्येक दलबाट २ जना प्रतिनिधित्व हुने गरी सदस्यीय समाजवादी मात्रा नेपाल जिल्ला संयोजन समिति लमजुङको गठन भएको छ । जो निम्नानुसार रहेको छ ।
संयोजक बलबहादुर राना अध्यक्ष जनता समाजवादी पार्टी नेपाल, सदस्यहरूमा रामचन्द्र पौडेल संयोजक नेकपा माओवादी केन्द्र, रामबाबु अधिकारी अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) पार्टी, रविन्द्र नखोला सचिव नेकपा, सुनिल सुनार, सचिव, नेकपा(माओवादी केन्द्र, जगदिश सेढाई सचिव, नेकपा(एकीकृत समाजवादी पार्टी), हर्क बहादुर सार्की सदस्य, नेकपा र सदस्य सचिव सुरेश गुरुङ सचिव, जनता समाजवादी पार्टी रहनु भएको छ ।
आउदै गरेको नेपालीहरूको साँस्कृतिक चाडपर्वहरू वडादशैं, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार लगायतका उपलक्ष्यमा दशैं र तिहारको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरियो ।
यसैगरी, आगामी मंसीर महिनामा एक बृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो । ६) हालसालै इजरायलको गाजा क्षेत्रमा हमास विद्रोहीहरूको आक्रमणमा परि जीवन गुमाउन बाध्य सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी सोही घटनाका घाइत र वेपत्ता सम्पूर्ण नेपालीहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं साथै दिवङ्गतहरूको शव स्वदेश ल्याई परिवारमा हस्तान्तरण गर्ने र घाइतेको उपचार र वेपत्ताको खोजीमा सरकारको प्रयन्त सफल रहने विश्वास गर्दछौं ।
मोर्चाको अध्यक्षमा चार चार महिना बदलिने र फरक दलबाट नेतृत्व गर्ने बताइएको छ ।
प्रकाशित मिति २०८० आश्विन २५, बिहीबार २१:४४ गते