१५ दिनदेखि वेपत्ता खत्री भेटिए, थप जानकारी आउन बाँकी

१५ दिनदेखि वेपत्ता खत्री भेटिए, थप जानकारी आउन बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २६ गते शुक्रबार १०:१६

पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षीय श्रीकृष्ण खत्री खत्री पोखरा लामाचौरबाट असोज १५ गतेदेखि बेपत्ता भएका थिए ।

उनी कञ्चनपुरको महृेन्द्रनगरमा सकुशल छन् भन्ने खबर छ

बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ३ गाउँशहरका १५ दिन अघि पोखराबाट बेपत्ता भएका २१ वर्षीय श्रीकृष्ण खत्री फेला परेका छन् । उनी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा असोज २६ गते सकुशल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महृेन्द्रनगरमा फेला परेको उनका फुपुको छोरा मुकेश देउवाले बताउनु भयो । उहाँका अनुसार कञ्चनपुरबाट प्रहरीले उनको फोटो पठाएको थियो, हामीले हाम्रो बाबु हो भन्ने पहिचान गर्यौं । उहाँले भन्नुभयो, ‘हामीले फोटोबाट पहिचान गर्यौं, हाम्रै बाबु हो, हामी लिन जादैछौं ।’ के कसरी त्यहाँ पुगेछन् ? भन्ने जिज्ञासामा सकुशल छन् भन्ने खबर पाएका छौं, थप कुरा उही पुगेपछि थाहा होला उहाँले बताउनु भयो ।
पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षीय श्रीकृष्ण खत्री खत्री पोखरा लामाचौरबाट असोज १५ गतेदेखि बेपत्ता भएका थिए । थप जानकारी आउन बाँकी छ ।
त्यस लगत्तैदेखि जोखी कार्यमा परिवार र आफन्तजन प्रहरीको सहयोगमा जुटेका थिए ।

प्रकाशित मिति २०८० आश्विन २६, शुक्रबार १०:१६ गते
हजुरको प्रतिक्रिया