अन्ततः राहुल महरालाई थुनामा पठाउन आदेश

अन्ततः राहुल महरालाई थुनामा पठाउन आदेश

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २६ गते शुक्रबार ०७:३६

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनु भयो ।

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग ५ लाख रुपैयाँ धरौटी माग

काठमाडौँ– अन्ततः जिल्ला अदालत काठमाडौँले भेपमा सुन तस्करी प्रकरणका आरोपी राहुल महरालाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले महरालाई थुनामा पठाउन असोज २६ गते आदेश दिएको हो ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताउनु भयो । उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । दाहालले भन्नुभयो, ‘राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।’

प्रकाशित मिति २०८० आश्विन २६, शुक्रबार १९:३६ गते
हजुरको प्रतिक्रिया