मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते तर खतरामुक्त

मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाइलट घाइते तर खतरामुक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २७ गते शनिवार ११:५९

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो ।

मनाङ एयर हिमाली क्षेत्रमा पर्यटकको उद्धारमा प्रख्यात मानिदै आएको छ ।

काठमाडौं– मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । एनएएनजे कलसाइन भएको हेलिकोप्टर असोज २७ गते दुर्घटना भएको हो ।
मनाङ एयर स्रोतले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका तर खतरा मुक्त छन् । हेलिकप्टरमा उनी एक्लै थिए । उनको काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका– ४ लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो ।
प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ ।
‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारीले बताउनु भयो । उहाँका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ ।
मनाङ एयर हिमाली क्षेत्रमा पर्यटकको उद्धारमा प्रख्यात मानिदै आएको छ ।

प्रकाशित मिति २०८० आश्विन २७, शनिबार ११:५९ गते
हजुरको प्रतिक्रिया