रास्वपा लमजुङ– काठमाडौं सम्पर्क समितिद्वारा विभिन्न पर्वको शुभकामना आदान–प्रदान सम्पन्न !

रास्वपा लमजुङ– काठमाडौं सम्पर्क समितिद्वारा विभिन्न पर्वको शुभकामना आदान–प्रदान सम्पन्न !

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २७ गते शनिवार ०८:३६

सांसद सोबिता गौतमले अब यो देश युवाको नेतृत्वमा सञ्चालन हुनु पर्दछ र देशमै युवाहरू रहने वातावरणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन र सडकमा आवाज बुलन्द पारिरहेको स्मरण गर्नु भयो ।

लमजुङलाई कस्तो विकास योजनाको मोडल तयार गर्न आजैदेखि लाग्नु पर्ने रास्वपा उपसभापति तथा माननीय डोलप्रसाद अर्यालको जोड

काठमाडौं– रास्ट्रिय स्वतन्त्र पार्टीको लमजुङ– काठमाडौ सम्पर्क समितिद्वारा आयोजना गरेको नेपालीहरूको महान चाड बडादशैं, तिहार, नेपाल संम्वत तथा छट पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । रास्वपा उपसभापति तथा माननीय डोलप्रसाद अर्याल, सांसद शिशिर खनाल र सांसद सोबिता गौतमको विशेष उपस्थितिमा भएको उक्त कार्यक्रम असोज २७ गते गरिएको हो ।
रास्वपा उपसभापति एवम् सांसद डोलप्रसाद अर्यालले लमजुङमा २०८४ सालमा घन्टी बज्न कसैले पनि रोक्न सक्दैन तर २०८४ पछि हामीले लमजुङलाई कस्तो विकासको मोडलमा लैजाने हो त्यसतर्फ आजकै दिनबाट बिशेष अभियान र योजना बनाउन शुरु गर्नु पर्ने बताउनु भयो !
सांसद शिशिर खनालले नेपालीहरूको महान चाड सबैको शुभकामना दिनु हुँदै लमजुङमा २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई– विजयको अग्रिम शुभकामना दिनु भयो । त्यसैगरी मन्तव्यकै क्रममा सांसद सोबिता गौतमले अब यो देश युवाको नेतृत्वमा सञ्चालन हुनु पर्दछ र देशमै युवाहरू रहने वातावरणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सदन र सडकमा आवाज बुलन्द पारिरहेको स्मरण गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ जिल्ला संयोजक एवम् वातावरण विज्ञ धर्म के.सी.ले समग्रमा जिम्लमा भएको रास्वपाको वर्तमान अवस्था, संगठन विस्तार, पार्टीका भावी कार्यक्रम तथा योजना, पार्टीका लागि प्राप्त अवसर र चुनौतिमा सटिक रुपमा प्रकाश पार्नु भएको थियो ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङ– काठमाडौ सम्पर्क समितिका संयोजक भोला शर्माको संयोजकमा सम्पन्न उक्त कार्यक्रममा स्वागत विदेश विभाग सदस्य पदमराज पन्थीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लमजुङ निर्वाचन क्षेत्र समिति सदस्य निराजन चिलुवालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा लमजुङबाट काठमाडौ आई स्थायी वा अस्थायी रूपमा बसोबास गर्नु हुने लमजुङेहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८० आश्विन २७, शनिबार २०:३६ गते
हजुरको प्रतिक्रिया