रास्वपाका दुई हस्तिहरूको शुभजन्म दिनमा छुट्टाछुट्टै रुपमा विशेष कार्यक्रम

रास्वपाका दुई हस्तिहरूको शुभजन्म दिनमा छुट्टाछुट्टै रुपमा विशेष कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २८ गते आईतबार ०७:५२

सदीक्षा परोपकारी कोषमा रहेको एक लाख रुपैयाँको अक्षयकोषको व्याजबाट बार्षिक १० हजार रुपैयाँ यस्ता कार्यमा खर्चने गरेको पन्थीले बताउनुभयो भने सापकोटाद्वारा आफू पनि जन्म दिनमा बृक्षारोपणको अभियानसँग जोडिएको हुँदा त्यसलाई थप प्रभावकारी बनाउन चाइनिज अम्बाका ४० वटा विरुवा वितरण गरेको जानकारी ।

सापकोटाद्वारा चाइनिज अम्बाका ४० वटा विरुवा र पन्थीद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीका दुई हस्तिको आज शुभ जन्म दिन मनाइएको छ । रास्वपा लमजुङका सहसंयोजक अशोक सापकोटा र प्रवास नेपाली विभागका सचिव पदमराज पन्थीको शुभ जन्म दिन असोज २८ गते मनाइएको हो ।
सापकोटाद्वारा चाइनिज अम्बाका ४० वटा विरुवा वितरण :
सापकोटाले पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमको समापनका अवसरमा जन्मदिनमा बृक्षारोपण अभियानलाई सहयोग हेतु चाइनिज अम्बाका ४० वटा विरुवा कार्यक्रमका सहभागीहरूलाई प्रदान(निःशुल्क) गर्नु हुँदै जन्म दिन मनाउनु भएको हो ।
सो अवसरमा जन्म दिनमा बृक्षारोपण अभियानका संस्थापक एवम् अभियानका अध्यक्ष वासुुदेव सेढाईले जन्म दिनमा बृक्षारोपणको नयाँ संस्कृतिको विकास भएको बताउनु भयो । उहाँले प्रकृति र वातावरण बचाउने, संस्कार संस्कृतिको जगेर्ना गर्नका लागि अभियानको थालनी गरिएको उल्लेख गर्नु भयो । उहाँले रास्वपाका धेरै नेताहरू यो अभियानमा जोडिनु भएकोमा अभियानका तर्फबाट खुशी र संलग्नहरूलाई बधाई ज्ञनाप गर्र्दै आजका दिनमा अशोक सापकोटाको जन्म दिनमा ४०÷४० वटा विरुवा वितरण गर्न पाएकोमा झनै खुशी लागेको बताउँदै उहाँलाई शुभकामना दिनुभयो । उहाँले यसरी नै अभियान सफल हुँदै गएको छ भने जन्मदिनमा बृक्षारोपण अभियान नेपालीको पहिचान बन्ने क्रममा अग्रसर रहेको जानकारी दिनु भयो ।
यसैगरी, अशोक सापकोटाले जन्मदिनको उपलक्ष्यमा जन्म दिनमा बृक्षारोपण अभियान आफूलाई राम्रो लागेको हुँदा यो अभियानमा जोडिदै आएको स्मरण गर्दै अभियानलाई थप टेवा दिने उद्देश्यले ४० वटा चाइनिज अम्बाका विरुवा वितरणको योजना बनाएको जानकारी दिनुभयो । उहाँले यस कार्यले अवश्य पनि अभियानलाई टेवा दिनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा रास्वपाका जिल्ला संयोजक धर्म केसी, जिल्ला सहसंयोजक अशोक सापकोटा, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, रास्वपाका गण्डकी प्रदेशका सदस्य तैमाया गुरुङ, बेसीशहर नगरका सभापति कृष्ण राउत, वरिष्ठ पत्रकार नवराज पहाडी, पत्रकार महासंघको गण्डकी प्रदेशका सदस्य रामजी राना लगायतको सहभागिता थियो ।
पन्थीद्वारा मानव सेवा आश्रममा फलफूल वितरण :
यसैगरी, रास्वपाका प्रवास नेपाली विभागका सचिव पदमराज पन्थीले बेसीशहर स्थित मानवसेवा आश्रममा पुगेर त्यहाँ रहनु भएका लक्ष्मी एवम् नारायणहरूलाई फलफूल(स्याउ, केरा र विस्कुट) वितरण गर्नु भएको थियो ।
आश्रममा एक अनौपचारिक कार्यक्रमका बीचमा उहाँले दीप प्रज्वलन गरी फलफूल वितरण गर्नु भएको हो । सो अवसरमा रास्वपाका जिल्ला संयोजक एवम् जलवायु विज्ञ धर्म केसी, वरिष्ठ पत्रकार नवराज पहाडी, रास्वपा सुन्दरबजार नगर सदस्य बाबुराम अधिकारी समेत सहभागी हुनुहुन्थ्यो । उहाँहरूले समेत पन्थीलाई फलफूल वितरण कार्यमा सहयोग गर्नु भएको थियो ।
रारा बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यकारी अधिकृत समेत रहनु भएका पन्थीले सो अवसरमा आफ्नो धारणा राख्दै आफूले छोरीका नाउँमा सदीक्षा परोपकारी कोष सञ्चालन गरेको र त्यसमा रहेको एक लाख रुपैयाँको अक्षयकोषबाट प्राप्त हुने व्याजको रकमले यस्ता कार्यहरू विगतको आठ वर्षदेखि दश हजार रुपैयाँ बराबरको सहयोग आफूले गर्र्दै आएको जानकारी दिनु भयो । उहाँले मानवसेवा आश्रमले राज्यले गर्नु पर्ने यो अति महत्व र समाजका लागि आवश्यक कार्य संस्थाले गरेको छ । यसका गतिविधिसँग आफू परिचित रहेको भन्दै उहाँले यसमा भोलिका दिनमा पनि जोडीरहने उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रमको व्यवस्थापनमा आश्रमकी अभियन्ता समीक्षा बस्नेतले सहयोग गर्नु भएको थियो । उहाँले आश्रममा तत्काल ३० जना लक्ष्मी नारायणहरू रहनु भएको जानकारी दिदै उक्त कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० आश्विन २८, आईतवार १९:५२ गते
हजुरको प्रतिक्रिया