सेवाश्रममा २ घण्टासम्म गरिएको कार्यक्रममा जादुगरी शैली म्याजिक एवं मनोरञ्जनात्मक रहेको थियो । सांकेतिक अभिनयात्मक कार्यक्रममा आश्रमका बाबा आमाहरूले भरपुर मनोरञ्जन लिनु भएको थियो ।
उक्त कार्यक्रम पश्चात् जेष्ठनागरिक आश्रमको गतिविधि, सञ्चालन प्रक्रिया बारेमा अन्तरक्रिया गरिएको थियो ।
पाउँदी(लमजुङ)– जर्मनीका जेष्ठ नागरिकहरूले लमजुङको प्रवेश नाका राइनास नगरपालिका– ८ को पाउँदी दोभान, मर्स्याङदी नदी किनारमा अवस्थित सर्वोदय सेवाश्रममाका जेष्ठनागरिकहरूलाई म्याजिक नाट्यशैली कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरेका छन् । सो कार्यक्रम असोज २७ गते गरिएको हो ।
जर्मनबाट नेपालमा घुमफिरका लागि आएका जर्मनीका जेष्ठ नागरिकहरूले यो कार्यक्रम सर्बोदय सेवाश्रममा आफ्नै चाहना अनुसार राखेका हुन् । राइनासकोट घुम्न आउने क्रममा तीन महिना अघि एक जर्मन नागरिक प्याराग्लाइडिङ गर्ने क्रममा राइनासकोट आएका थिए ।
त्यो बेलामा सर्वोदय सेवाश्रममा आएर जेष्ठनागरिक आश्रम अबलोकन पछि यो कार्यक्रम गर्ने प्रतिवद्धता गरी उनीहरू फर्केका थिए । सोही बचन अनुसार यस पटक यो कार्यक्रम गरिएको हो ।
सेवाश्रममा २ घण्टासम्म गरिएको कार्यक्रममा जादुगरी शैली म्याजिक एवं मनोरञ्जनात्मक रहेको थियो । सांकेतिक अभिनयात्मक कार्यक्रममा आश्रमका बाबा आमाहरूले भरपुर मनोरञ्जन लिनु भएको थियो । उक्त कार्यक्रम पश्चात् जेष्ठनागरिक आश्रमको गतिविधि, सञ्चालन प्रक्रिया बारेमा अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रमको संयोजन राइनास प्याराग्लाइडिङ्का प्रोपराइटर जुद्द गुरुङले गर्नु भएको हो । उहाँका अनुसार सोही कार्यक्रम २ दिन अगाडि राइनास नगरपालिका– ९ को मोहरिया स्थित भैरव मा वि तथा वडानं– ८ हर्राबोट स्थित रुद्र माविमा पनि गरिएको थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..