पत्रकार महासंघको भवन निमार्ण कार्य युद्धस्तरमा : फोटो फिचर सहित

पत्रकार महासंघको भवन निमार्ण कार्य युद्धस्तरमा : फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ३० गते मङ्गलबार ०३:१९

नेपाल पत्रकार महासंघको जिल्ला शाखाको भवन निर्माण कार्य कार्यकालको २२ औं वर्षमा सुरु भएको हो । शाखामा परमेश्वर अधिकारी नेतृत्व(अध्यक्ष)को वर्तमान कार्यसमिति आउना साथ १० आना घडेरीको समेत जोगाड(निःशुल्क) गर्दै भवन निर्माणको कामलाई गति दिइएको हो । अधिकारी शाखाको सातौं अध्यक्ष हुनुहुन्छ ।

स्रोतको अभावमा करिब १० लाखका सामग्री उधारो लिएर निर्माणको कार्य अघि बढीरहेको छ ।

बेसीशहर– नेपाल पत्रकार महासंघ जिल्ला शाखाको भवन निर्माण कार्य युद्धस्तरमा अघि बढिरहेको छ । दास्रो तलाको ढलान कार्यले गति लिएसँगै असोज ३० गते त्यस्तो पुष्टि भएको हो । बडादशैं अघि नै सो ढलान कार्य गरिने भएको छ ।
महासंघ स्थापनाको २४ औं वर्षमा चलिरहेको छ । २०५६ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघको जिल्ला शाखाको भवन निर्माण कार्य कार्यकालको २२ औं वर्षमा सुरु भएको हो । शाखामा परमेश्वर अधिकारी नेतृत्व(अध्यक्ष)को वर्तमान कार्यसमिति आउना साथ १० आना घडेरीको समेत जोगाड(निःशुल्क) गर्दै भवन निर्माणको कामलाई गति दिइएको हो । अधिकारी शाखाको सातौं अध्यक्ष हुनुहुन्छ ।
शाखाको भवन निर्माण कार्य थालिएको यो तेस्रो वर्ष हो । पहिलो वर्ष घडेरी खार्ने र भूइँ तला निर्माण गर्ने कार्य भएको थियो । गत वर्ष पहिलो तला बनाइयो भने यो वर्षमा दोस्रो तलाको ढलानको काम भइरहेको छ । त्यस माथि थप अर्को एक तलाको काम गर्ने र उदघाटन समेत यसै वर्ष अर्थात कार्यकाल सकिनु अगाबै उदघाटन गर्ने कार्यक्रम रहेको शाखाका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार भवन निर्माणका लागि हालसम्म सञ्चार मन्त्रालयबाट दुई लाख, प्रदेश सरकारबाट गत वर्ष १० लाख र यो वर्ष १५ लाख, क्ब्होलासोथार गाउँपालिकाबाट पाँच लाख, सुन्दरबजार नगरपालिकाबाट गत वर्ष तीन लाख र यो वर्ष पाँच लाख रुपैयाँ तथा बेसीशहर नगरपालिकाबाट पाँच लाख रुपैयाँ प्राप्त भएको छ । उहाँले भन्नुभयो, ‘केही सामग्री करिब १० लाख रुपैयाँको उधारो लिएर निर्माणको काम भइरहेको छ ।’
अब जिल्लाका अन्य पालिकाहरू लगायतबाट स्रोतको पहिचान र खोजी कार्य जारी रहेको समेत अध्यक्ष अधिकारीले बताउनु हुँदै यस पुण्य कर्ममा सबै क्षेत्र, तह, तप्का तथा व्यक्तिगत दाताहरूबाट समेत सहयोगको अपेक्षा गरिएको उल्लेख भएको छ ।
आजै सो भवन निर्माण कार्यको महासंघका संस्थापक अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष अनुज अधिकारी, पूर्वसचिव सन्देश पौडेल एवम् पत्रकार वासुदेव थापा सहितको टोलीले स्थलगत अध्ययन एवम् निरीक्षण गरेको जानकारीमा आएको छ ।

फोटो फिचर सहित:

प्रकाशित मिति २०८० आश्विन ३०, मंगलवार १५:१९ गते
हजुरको प्रतिक्रिया