लमजुङमा ६८ औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ सम्पन्न : फोटो फिचर

लमजुङमा ६८ औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ सम्पन्न : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज ३० गते मङ्गलबार ०८:०३

सोही कार्यक्रममा जेष्ठ पूर्व प्रहरी कर्मचारी र उपस्थित अमर प्रहरी परिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो प्रमुख अथितिबाट गरिएको थियो ।

जिल्लास्तरीय अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिताका साथमा प्रहरी परिवार भित्रै विभिन्न खेल खेलाइएको थियो ।

बेसीशहर– ‘६८ औँ प्रहरी दिवस २०८०’को अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालयको आयोजनामा असोज ३० गते विहानको कार्यक्रम गरिएको हो ।
सो कार्यालयको प्राङ्गणमा सोही कार्यालयका प्रमुख प्र.ना.उ मिनबहादुर घलेको अध्यक्षतामा कार्यक्रम गरिएको हो । सो अवसरमा निबन्ध लेखन प्रतियोगितामा विजयी हुनेहरूलाई नगद तथा प्रशंसा–पत्र, अन्तर प्रहरी युगल ब्याडमिण्टन प्रतियोगिता, अन्तर प्रहरी ५ कि.मि. दौड(महिला/पुरुष), म्युजिकल चियर्स प्रतियोगिता (महिला) खेलाडीहरूलाई मेडल, नगद तथा प्रशंसा–पत्र र उत्कृष्ट कार्य गर्ने भएको थियो । त्यस्तै, प्रहरी कर्मचारीहरूलाई अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गरिएको थियो । सोही कार्यक्रममा जेष्ठ पूर्व प्रहरी कर्मचारी र उपस्थित अमर प्रहरी परिवारका सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो प्रमुख अथितिबाट गरिएको थियो । सो कार्यक्रमको फोटो फिचर :

 

 

प्रकाशित मिति २०८० आश्विन ३०, मंगलवार २०:०३ गते
हजुरको प्रतिक्रिया