काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनु भएको छ । छातीमा असहज महसुस भएपछि असोज ३० गते साँझ उहाँलाई अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री दाहालले दिउँसोदेखि नै असहज महसुस गर्नु भएको थियो । उहाँलाई साँझ अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
नर्भिक अस्पतालका अनुसार उहाँको स्वास्थ्य परीक्षण कार्य चलिरहेको छ । प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराइरहनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक जानुभएको हो । परीक्षण सकेर निवास फर्कनुहुन्छ ।’
निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार परीक्षणका लागि प्रधानमन्त्री अस्पताल जानुभएको हो ।’ डा. शर्माले प्रधानमन्त्रीको छातीमा केही समस्याजस्तो देखिएपछि चेकजाँच गर्न सुझाव दिएको जनाइएको छ ।
प्रकाशित मिति २०८० आश्विन ३०, मंगलवार २१:२५ गते