जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासा पनि हुन्छन् : प्रजिअ अधिकारी

जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासा पनि हुन्छन् : प्रजिअ अधिकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक १ गते बुधबार ०६:३९

जेष्ठ पूर्वप्रहरी कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो सम्मान पाउनु हुनेमा ७८ वर्षीय दोर्दी गाउँपालिका– ४ मा स्थायी बसोबास गर्नु हुने पूर्वप्रहरी हवल्दार घनश्याम अधिकारी हुनुहुन्छ । सो अवसरमा अमर प्रहरीहरूका परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

अन्तरविद्यालय निवन्ध प्रतियोगिता र आन्तरिक रुपमा प्रहरी परिवारबीच विभिन्न खेलकुद गरिएको थियो ।

बेसीशहर– लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासा पनि हुन्छन् यो स्वाभाविक हो भन्नुभएको छ । उहाँले ६८ औं प्रहरी दिवसका अवसरमा प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्दै असोज ३० गते त्यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अग्रगमनका लागि शान्ति सुरक्षा पहिलो सर्त हो, प्रहरीले अहोरात्र नखटेको भए हामीले रातमा समेत चैनको निद्रा निदाउन सक्ने थिएनौं, यतिबेला प्रहरी संगठनबाट संस्थानमा परिणत भएको छ र सर्वस्वीकार्य हुन सफल भएको छ ।’ यहाँ केही गुनासाका कुरा पनि आए, जोसँग अपेक्षा गरिन्छ, उसँग गुनासा पनि हुन्छन् प्रजिअ अधिकारीले भन्नुभयो ।
प्रहरी धारिलो हतियार हो, यसलाई प्रभावकारी बनाउन सदैव धारिलो रहिरहनु पर्छ तर यसलाई सावधानी पूर्वक चलाउनु पर्छ भन्नुभयो । उहाँले दिवसले प्रहरीलाई कर्तव्यपथमा खट्नका लागि थप उर्जा र प्रेरणा मिलोस् भन्ने शुभकामना दिनु भयो ।
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीले प्रहरीेको समर्पण र दुःख देख्दा त्यस्तो गर्ने चाहना पनि हुन्छ तर कुनै कुनै व्यवहार भने निमुखाले न्याय पाउन कठिन भएको पनि देखिन्छ । प्रहरीको राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सक्दा गरिमा बढ्ने छ भन्नुभयो ।
सो अवसरमा प्रहरी पूर्वसंगठनका जिल्ला उपाध्यक्ष कुलबहादुर विकले सरकारसँग आफूहरूका केही अपेक्षा छन् भन्दै सविस्तार उल्लेख गर्नु भएको थियो ।
प्रनाउ मिनबहादुर घलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा अन्तर विद्यालय निवन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । निवन्धमा पहिलो स्थान हासिल गर्नेमा सुश्री स्नेहा थापा बालकल्याण मा.वि. बेसीशहर नगरपालिका– २ भकुण्डे । द्वितीय स्थान हासिल गर्ने सुनिल श्रेष्ठ शौभाग्यदय मा.वि राइनास नगरपालिका– ४ सातबिसे र तृतीय स्थान हासिल गर्नेे समिक्षा भण्डारी सौभाग्यसदन मा.वि. सुन्दरबजार नगरपालिका– १० धुसेनी तथा सान्त्वना पुरस्कार पाउनेमा याहाना श्रेष्ठ अर्थली प्याराडाईज बोर्डिङ स्कुल बेसीशहर नगरपालिका– ८ बेसीशहर छन् । सो प्रतियोगितामा सबै विद्यालयबाट एक एक जनाले भाग लिन आमन्त्रण गरिएको भनिए पनि २३ विद्यालयबाट मात्र सहभागी आएका थिए भने बेसीशहरकै विद्या विकास आमावि सहितका केही विद्यालयले निमन्त्रणा नपाएको बताएका छन् ।
यसैगरी, जेष्ठ पूर्वप्रहरी कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो सम्मान पाउनु हुनेमा ७८ वर्षीय दोर्दी गाउँपालिका– ४ मा स्थायी बसोबास गर्नु हुने पूर्वप्रहरी हवल्दार घनश्याम अधिकारी हुनुहुन्छ । त्यस्तै, अमर प्रहरीहरूका परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनुहुनेमा स्व. प्र.ना.उ. मदन बाबु पाण्डेको आमा कमला देबी पाण्डे (भाउजु सरिता पाण्डे), स्व.प्र.स.नि. हरिकृष्ण दिक्षितको श्रीमती सरला अधिकारी दिक्षित, स्व. प्र.स.नि. शेषकान्त घिमिरेको श्रीमती रन्जना देवी घिमिरे, स्व. प्र.स.नि एकबहादुर गुरुङको श्रीमती काली गुरुङ, स्व. राजु अर्यालको श्रीमती विष्णुमाया अर्याल, स्व. प्र. डिकेन्द्र कुमालको आमा मेति कमाल, स्व. प्र.ज जितबहादुर गुरुङको श्रीमती दबिमाया गुरुङ, स्व. प्र. ज. तिलक थापाको दाजु गणेश बहादुर थापा, स्व. दानबहादुर गुरुङको श्रीमती कुमारी गुरुङ, स्व. बिर्ता गुरुङको श्रीमती कल्पना खड्का गुरुङ, स्व. सुनिल बस्नेतको दाजु गोबिन्द बस्नेत हुनुहुन्छ ।

त्यस्तै, प्रहरीले सम्पादन गर्नुपर्ने विभिन्न क्षेत्रका कार्यहरूमा ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई अभिलेखमा जनिने दिईएको पुरस्कार प्राप्त गर्नेहरूलाई प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले पुरस्कार प्रदान गर्नु भएको थियो । उहाँहरूमा प्र.ब.ह केदारनाथ सापकोटा प्रहरी चौकी गिलुङ, प्र.ह किरमान गुरुङ ईलाका प्रहरी कार्यालय भोटेओडार र प्र.स. ह ठाकुर सिंह राइनास ईलाका प्रहरी कार्यालय रहनु भएको छ ।
ब्याडमिन्टन प्रतियोगिता तर्फ पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र र मेडल प्रदान गरिएको थियो । चण्डीप्रसाद गण लमजुङका गणपती प्रमुख सेनानी मनोज कार्कीले उनीहरूलाई पुरस्कार वितरण गर्नु भएको हो । जसमा प्रथम हुने प्र.स.नि श्यामबहादुर गुरुङ÷प्र.स.ह पदमबहादुर गुरुङ र द्वितीय प्र.स.ह नरबहादुर गाहा. प्र.ज कमल घागा हुनुहुन्छ ।
यसैगरी, आन्तरिक रुपमा गरिएको खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्ने कार्य गरिएको थियो । सो अवसरमा सञ्चालित ५ कि.मी दौड प्रतियोगितामा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र र मेडल सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङका प्रहरी नायव उपरीक्षक खेमनाथ शर्माले गर्नु भएको थियो । पुरुषतर्फ प्रथम प्र.ज नारायण सार्की, त्यस्तै ५ कि.मि दौड प्रतियोगिता महिला तर्फ प्रथम प्र.ज शोवाकुमारी दर्लामी, म्युजिकल चियर्स तर्फ प्रथम प्र. ज कविता धामी हुनुहुन्छ ।

प्रकाशित मिति २०८० कार्तिक १, बुधबार ०६:३९ गते
हजुरको प्रतिक्रिया