काठमाडौं– अन्तरङ्ग न्यूज डटकमका सम्पादक विश्वविनोद घिमिरेलाई शोक परेको छ । उहाँका हजुरबुबा गुरुदत्त घिमिरेको ९२ वर्षको उमेरमा कार्तिक १ गते विहान निधन भएसँगै उहाँ शोकमा पर्नु भएको हो ।
लामो समय (करिब ३२ वर्ष) सम्म लमजुङको सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा रहेका मठमन्दिरमा पुजारीका रुपमा रहनु भई सेवा गर्नु भएका गुरुदत्त आदरणीय व्यक्तित्वका धनी हुनुहुन्थ्यो । नम्र स्वभाव स्वर्गीय घिमिरेको विशेषता थियो । पछिल्ला वर्षमा केही अशक्त जस्तो हुनु भएपछि काठमाडौंको तारकेश्वर नगरपालिका– ६ को जरंखु स्थित जनआस्था टोलमा रहेको घरमा उपचाररत हुनुहुन्थ्यो ।
हजुरबाको निधन विहान करिब ८.३० बजे भएता पनि सबै कुरा आफैले जोगाड गर्नु पर्दा ढिला र म हैरान भएको छु सम्पादक विश्वविनोदले जानकारी दिनुभयो । उहाँका अनुसार यतिबेला हजुरबाको पशुपति आर्यघाटको विद्युत शवदाह गृहमा अन्तिम संस्कार चलिरहेको छ ।
स्वर्गीय घिमिरेका चार छोरा दुई छोरी तथा १६ जना नातिनातिना हुनुहुन्छ ।
प्रकाशित मिति २०८० कार्तिक १, बुधबार १४:४३ गते