लमजुङ– रास्वपाले बडादशैंको अवसरमा हुने विक्रिति विसंगतिका बारेमा बेसीशहरन नगरपालिकाका मेयर गुमानसिंह अर्यालको ध्यानाकर्षण गरेको छ । नगरपालिकाले गरेका काम बारेमा असन्तुष्टि व्यक्त गर्दै कार्तिक ३ गते ध्यानाकर्षण गरेको हो ।
सो पत्रमा हाम्रो पार्टीले केही समस्याका बारेमा हिजोमात्र प्रजिअ रामकृष्ण अधिकारीलाई ध्यानाकर्षण गराइएको उल्लेख गर्दै ती समस्यामा जिल्लाभर चल्ने अटोको भाडा चर्को भएको बारेमा पनि रहेको थियो । त्यसमा प्रजिअले अटोको जिम्मा स्थानीय तहको हो । त्यसको दर्ता, भाडा निर्धारण तथा अनुगमन सबै अधिकार उसैलाई छ । अनुगमनमा समस्या भएमा र सहयोग गर्नु पर्ने भएमा हामी (प्रशासन÷प्रहरी) सहयोग गर्न तयार छ भन्नु भएको स्मरण गराउँछौं ।
यसैले सो सम्बन्धमा यहाँको ध्यानाकर्षण गर्दै अटोको भाडा समायोजको कार्य तत्कालै गर्नका लागि अनुरोध गर्दछौं ।
यसैगरी, बेसीशहर बजारको ट्राफिक स्थिति पनि अस्तव्यस्त जस्तै देखिन्छ । यसतर्फ पनि ध्यानाकर्षण गर्दछौं । साथै, बेसीशहर बजारमा अखाद्य वस्तुको विगबिगी रहेको अनुगमनमा समेत फेला परेको समाचार आइरहेका छन् । त्यस्तै, मूल्य बृद्धि (तरकारी लगायतका वस्तुमा) समेत अप्रत्यासित भएको फेला परिरहेको छ । यसतर्फ पनि स्थानीय सरकारबाट विशेष कदम चाल्नु पर्ने देखिन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
साथै, डुम्रे– बेसीशहर– चामे सडक विस्तारको काम समेत सुरु भइसकेको छ । यस सन्दर्भमा बेसीशहर क्षेत्रमा सो सडक कुन भागतर्फबाट चामे जाने हो भन्ने आजका दिनसम्म एकिन नभएको हुँदा यसबारेमा नगरपालिकाको धारणा के रहेको छ ? भन्ने प्रष्ट जानकारीको अपेक्षा राष्ट्रिय स्वतन्त्र पार्टी गर्दछ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्ता कार्य समयसमयमा हुनुपर्छ भन्दै ध्यानाकर्ण पत्र लिएर जाने टोलीलाई धन्ययवाद ज्ञापन गर्नु भयो । उहाँले अटोको भाडाँ बढी भएको बारेमा हामीलाई पनि महसुस भएको विषय हो, त्यसैले सबै सरोकारवालाई राखेर भाडा निर्धारण गरिएको छ । अनुगमनमा बढी भाडा लिएको भेटिए कारवाही हुन्छ भन्नुभयो ।
बजार अनुगन प्रशासन, पर्यटन तथा घरेलु र हामी तीनै तहबाट भएको छ र पनि ट्याकमा आउन सकेको छैन, हाम्रो प्रयास जारी छ उहाँले भन्नुभयो । यसका लागि उपभोक्ता नै सचेत हुनुपर्ने रहेछ उहाँको धारणा थियो । दररेट झुण्ड्याउनु पर्छ भन्यो, फेन्सीको त झन अन्धाधुन्द रहेछ उहाँले उल्लेख गर्नु भयो ।
डुम्रे– बेसीशहर– चामे सडकको बेसीशहर बजार क्षेत्रमा ९ मिटर कार्य गर्ने त्यो भित्र पहिले बनेका घरले क्षति पूर्ति पाउने रपछि बनेका घर भात्काउने काम गर्नु पर्छ भन्ने छ, नाली सहितको सकड १४ मिटर हुनुपर्छ भन्ने उहाँले भन्नुभयो । बजारको नालीका लागि ३० लाख रुपैयाँ छुट्याएर पनि मापदण्डको कारणले काम हुन सकेन र रकमान्तर गर्नु पर्यो उहाँले बताउनु भयो ।
रास्वपाका बेसीशहर नगर समितिका सभापति कृष्ण राउतले दस्तखत गर्नु भएको सो पत्र उहाँले नै वाचन गरी हस्तान्तरण गर्नु भएको हो ।
उक्त ध्यानाकर्षणपत्र बुझाउन नगर प्रमुखको कार्यकक्षमा रास्वपाका नगर सभापति कृष्ण राउत, नगर सदस्यद्वय होमबहादुर राउत, राजकुमार भण्डारी, वडानं– ८ का सभापति ध्रुव ढकाल, वडानं– ९ का सभापति भागवत सिंह अर्याल, वडानं– ८ का सचिव रामहरि श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।
प्रकाशित मिति २०८० कार्तिक ३, शुक्रबार १४:२१ गते