माओवादी सचिवालय बैठकमा हिन्दु राष्ट्रको मागले तरङ्ग

माओवादी सचिवालय बैठकमा हिन्दु राष्ट्रको मागले तरङ्ग

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ४ गते शनिवार ०६:०१

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड करिब दुई सातासम्म संयुक्त राष्ट्र महासभा र चीनको भ्रमणमा गएका कारण थाँती रहेका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको हो तर विषयबस्तु अन्यत्र नै मोडिएपछि माइन्युटिङ नै नभएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा नेतृ पम्फा भुसालले यी बिषयभन्दा फरक विषयमा आफ्ना धारणा राख्ने नेपाल हिन्दु राष्ट्र बन्नसक्ने विभिन्न उदाहरण सहित तर्कपूर्ण धारणा राख्नु भएको हो ।

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रको उच्चतम तहमा हिन्दु राष्ट्रको एजेन्डाले पहिलो पटक प्रवेश पाएको छ । माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा एकजना सहभागीले बहुसंख्यक नेपाली हिन्दु भएका कारण नेपाल हिन्दु राष्ट्र बन्न सक्नेबारे सोच्नुपर्ने बताएपछि नेताहरू कार्तिक ४ गते तरंगित भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि बोलाइएको यो पहिलो बैठक हो । हिन्दु राष्ट्र बन्नसक्ने विषय उठेपछि बैठक प्रभावित भएको बताइन्छ । समसामयिक विषयमा छलफल गर्न बोलाइएको बैठकमा आकस्मिक रुपमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएपछि बैठकको माइन्युटिङ पनि नभएको एक सहभागी नेताले नाम नछाप्ने सर्तमा बताए ।
करिब दुई साताअघि आयोजित उक्त बैठकमा भ्रष्टाचार र सत्तारुढ राजनीतिका बारेमा गम्भीर छलफल भएको थियो । बैठकमा नेताहरू बर्षामान पुन र जनार्दन शर्माले पार्टीका ठूला नेता भ्रष्टाचारमा मुछिएको, पार्टीको बदनाम भएको र यसबारे गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए । उनीहरूले भ्रष्टाचारका विषयमा गम्भीर छानबिन गरेर पार्टीको साख फिर्ता गर्नुपर्ने बैठकका क्रममा बताएका थिए ।
बैठकमा नेतृ पम्फा भुसालले यी बिषयभन्दा फरक विषयमा आफ्ना धारणा राख्ने नेपाल हिन्दु राष्ट्र बन्नसक्ने धारणा राख्नु भएको हो । उहाँले धरान, मलंगवा र नेपालगञ्जमा साम्प्रदायिक भड्काव आएकोतर्फ देखाउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नेबारे अगाडि बढ्न सुझाव दिनु भएको हो । नेतृ भुसालले नेपाललाई हिन्दु राष्ट्र बनाउन र त्यसो गर्न नसकिए यसबारे जनमत संग्रहमा जानसमेत नेतृत्वलाई सुझाव दिनु भएको स्रोतको भनाइ छ ।
नेतृ भुसालको सुझावपछि नेताहरूले यसबारे आफ्ना धारणा राखेका थिए । बैठकमा सहभागीहरू तरंगित भए ता पनि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौन रहनु भएको बताइन्छ ।
प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड करिब दुई सातासम्म संयुक्त राष्ट्र महासभा र चीनको भ्रमणमा गएका कारण थाँती रहेका विषयमा छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाइएको हो तर विषयबस्तु अन्यत्र नै मोडिएपछि बैठक प्रभावित भएको  र माइन्युटिङ नै नभएको एक नेताले जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार १८:०१ गते
हजुरको प्रतिक्रिया