बडादशैंमा विजया दशमी टीकाको शुभसाइत ११ः२ मा

बडादशैंमा विजया दशमी टीकाको शुभसाइत ११ः२ मा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०५:३९

पश्चिमा संस्कृतिको प्रभावमा परेर हिजोआज बिना साइत सिंन्दूर पहिराइने विवाह एक छिनेमा परिणत भएको छ । परिणाम स्वरुप मानिसका दाम्पत्य जीवन पनि प्रायः क्षणिक हुन थालेका छन् ।

टीका ग्रहण पश्चिम दिशातर्फ फर्केर गर्नु बढी फलदायी हुने भनिएको छ । विजया दशमीका दिन देवी बिसर्जनको साइत १० बजेर ३७ मिनेटमा रहेको समितिको भनाइ छ ।

काठमाडौं– यसवर्ष बडादशैँका अवसरमा लगाइने विजयादशमी टीकाको शुभ साइत कार्तिक ७ गतेका दिन विहान ११ बजेर २ मिनेटमा रहेको छ । बडादशैँको साइतबारेमा नेपाल पञ्चा· निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै यसअघि अर्थात घटस्थापना पूर्व नै सो तालिका सार्वजनिक गरेको हो ।
सो विज्ञप्तिका अनुसार घटस्थापना तथा फूलपातीको समेत साइत दिइएको थियो । अजाका दिनमा आउँदा घटस्थापना र फूलपाती सिद्धिसकेको हुँदा त्यसबारेमा यहाँ उल्लेख गरिएको छैन । सामान्यतः बडादशैंका १५ दिन मान्ने गरिएता पनि बढी महत्वका छ दिन छन् ।
ती छ दिनम पहिलो दिन घटस्थापना, सातौं दिन फूलापाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी, दशमी विजयादशमी र अन्तिम अर्थात १५ औं कोजाग्रत पूर्णिमा रहेका छन् । सो अनुसार आज बडादशैंको आठौं अर्थात महाअष्टमी हो ।
बडादशैंको तालिका अनुसार भोलि महानवमी र पर्सी विजयादशमी टीका हो । हिन्दू शास्त्रीय मान्यता तथा परम्परा अनुसार जुनकुनकै पनि काम शुभ साइतमा गर्दा बढी फलदायी हुने हुन्छ भन्ने रहेको छ । तर हिजोआज पश्चिमा संस्कृतिको नक्कल गर्दा आफू ठूलो हुन्छु भन्ने धेरै नेपालीको दिल दिमाग भरिने गरेका कारणले शुभ साइतको महत्व घट्दै गएको छ भने पुरेत्याइँ(पण्डित) गर्नेहरू समेत पैसामा बिकेका कारण शुभ कर्म गर्दा पनि केही विघ्न आइलाग्ने गरिआएको छ । उदाहरणका लागि पछिल्ला वर्षमा दुई दिन लगाएर गर्नु पर्ने विवाह एक छिनमा गरिन्छ तर भोज भने तीन दिनसम्म चलाइन्छ । प्रायः विवाहका लगन अर्थात बेहुलाले बेहुलीको सिंउदोमा सिन्दूर पहिराउने समय रातमा हुने हुँदा अब त उहिल्यै भन्नुपर्छ दुई दिने विवाह गर्ने प्रचलन थियो । त्यो हिजोआज बिना साइत सिंन्दूर पहिराइने विवाह एक छिनेमा परिणत भएको छ । परिणाम स्वरुप मानिसका दाम्पत्य जीवन पनि प्रायः क्षणिक हुन थालेका छन् । अझ कतिपय विवाहको गाडी त दुर्घटनामा परेको, बेहुला बेहुलीमध्ये एक वा दुबैको मृत्यु भएको सम्मका समाचार समेत आउन थालेका छन् । त्यसको कारण के हो भने सिन्दूर हाल्ने बेला ‘काल बेला’ पर्नु÷पारिनुको दुष्परिणाम हो भन्ने शास्त्रका ज्ञाताहरूले बताउने गरिआएका छन् ।

टीका ग्रहण पश्चिम दिशातर्फ फर्केर गर्नु बढी फलदायी :
जे होस् यो वर्ष विजयादशमी टीकाको साइत कार्तिक ७ गते दिन बिहान ११ बजेर दुई मिनेटमा रहेको नेपाल पञ्चा· निर्णायक विकास समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस दिन अर्थात विजया दशमीका दिन देवी बिसर्जनको साइत १० बजेर ३७ मिनेटमा रहेको समितिको भनाइ छ । टीका ग्रहण पश्चिम दिशातर्फ फर्केर गर्नु बढी फलदायी हुने भनिएको छ । लगाईदिने व्यक्ति पूर्वतर्फ फर्कने कार्य गर्नु झनै शुभ मानिएको छ ।
समितिले विभिन्न देशका लागि पनि टीकाको साइत दिएको छ ।
बडादशैँ टीकाको शुभ साइत कुन देशमा कति बेला ?
यसैबीच, अविदेशमा बसोबास गर्ने नेपालीहरूका लागि बडादशैँमा लगाइने विजयादशमीको टीका लगाउनका लागि विभिन्न ३० वटा देशका शुभ साइत सार्वजनिक गरेको हो । समितिले दिएको जानकारी अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकका दिनमा टीकाको शुभ साइत जुरेको छ ।
समितिले यो वर्ष विगतका बर्षहरूभन्दा धेरै देशबाट शुभ साइतका बारेमा माग भएर आएको हुनाले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले बताउनु भयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय पञ्चा· निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि बडादशैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो ।
अमेरिकाको न्युयोर्कमा १०ः४७ बजे, केन्टुकीमा ११ः३१ बजे, टेक्सासमा ११ः०३ बजे, वासिङ्टन डीसीमा १०ः५३ बजे र क्यालिफोर्नियामा १०ः३१ बजे टीकाको शुभसाइत रहेको छ । त्यस्तै, क्यानडाको टोरोन्टोमा ११ः१७ बजे र भ्यानकुभरमा ११ः३५ बजे शुभ साइत जुरेको छ ।
यसैगरी, भारत, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, यूएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्विट्जरल्यान्डसहित रहेका छन् ।
ती देशहरूमा २४ तारिखमा टीकाको शुभ साइत रहेको पञ्चा· निर्णायक समितिले जनाएको छ ।
साथमा अन्तर्राष्ट्रिय पञ्चा· निर्णायक समितिद्वारा जारी विज्ञप्ति समेत संलग्न छ ।

प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार ०५:३९ गते
हजुरको प्रतिक्रिया