भूकम्प अपडेट : धादिङको खरी आसपास केन्द्रबिन्दु, ६.१ म्याग्निच्युडको भूकम्प

भूकम्प अपडेट : धादिङको खरी आसपास केन्द्रबिन्दु, ६.१ म्याग्निच्युडको भूकम्प

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०८:२३

भूकम्पको धक्का धादिङको आसपासका जिल्लाहरू काठमाडौँ, गोरखा, नुवाकोट, गोरखा, लमजुङ, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो । त्यतिमात्र हैन छिमेकी राष्ट्रहरूमा समेत उक्त भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

लमजुङमा क्षतिको विवरण छैन

काठमाडौँ– बडादशैंको महाअष्टमीका दिनमा विहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको कार्तिक ५ गते पुष्टि भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले यसको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार भूकम्प ६.१ म्याग्निच्युडको रहेको छ ।
भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङको आसपासका जिल्लाहरू काठमाडौँ, गोरखा, नुवाकोट, गोरखा, लमजुङ, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो । त्यतिमात्र हैन छिमेकी राष्ट्रहरूमा समेत उक्त भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
बिहान कडा झड्कासहितका भूकम्प आएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए । सर्वसाधारणहरू बडादशैँको पावन अवसरमा व्यस्त रहेका बेला भूकम्प आए पनि सन्त्रास उत्पन्न भएको छ ।
लमजुङमा क्षतिको विवरण छैन ः
यसैबीच, यो समाचार तयार गर्दासम्म भूकम्पको धक्काले लमजुङमा कतै पनि कुनै पनि प्रकारको क्षति नभएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीसँग सम्पर्क गर्दा उहाँले समेत त्यस्तो विवरण आएको छैन भन्नुभयो ।

प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार ०८:२३ गते
हजुरको प्रतिक्रिया