
रामपुर (पाल्पा)– पाल्पामा भएको जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । घट्ना कार्तिक ५ गते साँझ करिब ५ बजेको समयमा भएको हो ।
मृत्यु हुनेमा लमजुङको बेसीशहर नगरपालिका– २ भकुण्डे बस्ने ५५ वर्षीया चुना धिताल र अन्य पाँचजना नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकहरू सबै चुना धितालका आफन्त अर्थात उहाँकी जेठी छोरी, ज्वाई, नाति, सम्धी र सम्धिनी रहेको पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले जानकारी दिनु भएको छ । उहाँका अनुसार ती मृतकहरू पनि पूर्व लमजुङकै धिमिरेका बासिन्दा थिए ।
प्रहरी प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दले दिनु भएको जानकारी अनुसार मृत्यु हुनेमा देवचुली– १६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङको वेसीशहर– २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेको खुलेको चन्दको भनाइ छ ।
सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा हनवलपरासी देवचुली नपा– १६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । चालकको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरी भनाइ छ ।
सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ह वाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप दुर्घटना भएको हो ।
हिजो करिब ४ बजे बजे तानसेन– १३ स्थित बैकुण्ठे भीरबाट कार १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाका बारेमा विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति २०८० कार्तिक ६, सोमबार ०६:३६ गते