लमजुङमा जिप दुर्घटना, विजयादशमीका दिन चालकको मृत्यु

लमजुङमा जिप दुर्घटना, विजयादशमीका दिन चालकको मृत्यु

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ७ गते मङ्गलबार ०१:३७

रिजर्भमा गएर राती फर्केर घर आउने क्रममा घर नजिकै आइपुग्दा दुर्घटना भइ मृत्यु भएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

तनहुँको भानु नगरपालिका– ११ को टुहुरेपसल हुँदै आफ्नै गाउँतर्फ आउँदै गर्दा ग १ ज ७२७२ नं. को सो जीप दुर्घटनामा परेको हो ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा विजयादशमीका दिन जिप दुर्घटना भएको छ । सुन्दरबजार नगरपालिका– २, सुन्तलेटारमा कार्तिक ७ गते गएको राती भएको सो दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका– २, सुन्तलेटार निवासी ३६ बर्षीय मङप्रसाद सेढाईले आफ्नै सबारीसाधन बोलेरो जिप हाँक्दा र्भएको दुर्घटनामा विजयादशमीका दिन दुःखद निधन हुन गएको हो । तनहुँको भानु नगरपालिका– ११ को टुहुरेपसल हुँदै आफ्नै गाउँतर्फ आउँदै गर्दा ग १ ज ७२७२ नं. को सो जीप दुर्घटनामा परेको हो । जिपका धनी एवम् चालक सेढाई दुर्घटनामा परेका हुन् ।
जिप सडकबाट करिब ५० मिटर तल पल्टिएर दुर्घटना भएको स्थलगत अध्ययनले देखाएको प्रहरी भनाइ छ । प्रहरीका अनुसार दुर्घटना गए राती भएको तर आज बिहान मात्र घट्नाका बारेमा थाहा भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
चालक सेढाईको जिपले च्यापिएर मृत्यु भएको घटनास्थलको अध्ययन पुष्टि भएको छ । जिपमा उनी एक्लै सवार भएको बुझिएको छ ।
रिजर्भमा गएर राती फर्केर घर आउने क्रममा घर नजिकै आइपुग्दा दुर्घटना भइ मृत्यु भएको परिवार स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० कार्तिक ७, मंगलवार १३:३७ गते
हजुरको प्रतिक्रिया