काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियता बढ्ने संकेत देखिएको छ । बडादशैंको सन्देमा समेत त्यस्तो छनक देखिन्थ्यो भने विजयादशीका दिनमा आफ्नोमा टीका ग्रहण गर्न आउनेहरूलाई सुझाउँदै पूर्वराजा शाहबाट नेपालका ठूला भनिने राजनीति दलप्रति पूर्वराजाको व्यङ्ग्य कस्दै छिनछिनमा भुइँचालो गइरहेका छ, विचार गरेर बस्नु होला कार्तिक ७ गते भन्नुभएको छ ।
महाराजगञ्जस्थित निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमलको हातबाट टीका ग्रहण गर्न सर्वसाधारण घण्टौंसम्म लामबद्ध थिए । उनीहरूले राजतन्त्र पक्षका चर्का नाराबाजी समते गरेका थिए । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिँदै उहाँले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनु भएको हो ।
व्यंग्यात्मक शैलीमा देशको विद्यमान राजनीतिक गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेको हुँदा विचार गरेर होसियारपूर्वक बस्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दशैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नुपनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले अपरान्ह पौने चार बजेबाट आम सर्वसाधारणलाई दशैंको टीका लगाइदिनु भएको थियो ।
सरकारी व्यक्ति शीतल निवासमा, सर्वसाधारण निर्मल निवासमा :
करिब एकै समयमा शीतल निवास र निर्मल निवासमा विजयादशमीको टीका तथा जमरा ग्रहण गर्नका लागि सरकारी अधिकारी तथा सर्वसाधारण दुईतिरै लामबद्ध देखिए । नेपालमा बडादशैंको मुख्य दिन विजयादशमीमा पूर्वराजादेखि सरकारी उच्च पदस्थ अधिकारीहरूसम्मले टीका तथा जमरा लगाइदिने चलन छ । यो वर्ष निर्मल निवास र शीतल निवासबाट सरकारी अधिकारी तथा सर्वसाधारणलाई टीका लगाइदिने पूर्व सूचना समेत जारी गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहबाट निर्मल निवास र राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारी निवास शितल निवासमा टीका लगाउने कार्यक्रम आयोजना गरिएको थियो ।
मन्त्रीहरू, सरकारी कर्मचारी तथा संवैधानिक अंगका प्रमुखहरू शितल निवास गएका थिए । तर निर्मल निवासमा लामबद्ध सर्वसाधारणको संख्या शितल निवासको भन्दा उल्लेख्य थियो ।
निर्मल निवासमा पूर्वराजा शाहले ९६ बर्षीया आमा रत्न राज्यलक्ष्मी शाहबाट टीका तथा प्रसाद ग्रहण गर्नु भएको थियो । त्यसपछि पूर्वराजा शाहबाट पशुपतिनाथका मूलभट्ट, गोरखनाथका मुख्य महन्त, वागेश्वरी मन्दिर तथा चाबाहिलको बगलामुखी मन्दिरका मूल पुजारीहरूबाट अभिशेष तथा प्रसाद ग्रहण भएको थियो ।
अभिनेत्री द्वय मनिषा कोइराला र रेखा थापा पनि निर्मल निवासमा :
पूर्वराजाको हातबाट टीका ग्रहण गर्न अभिनेत्री मनिषा कोइराला र रेखा थापा समेत निर्मल निवास पुग्नु भएको थियो । अभिनेत्री मनिषाले ट्विट गर्दै पूर्वराजाको हातबाट टीका ग्रहण गरेको तस्बिरसहित सार्वजनिक गर्नुभएको छ ।
यसैगरी, अभिनेत्री रेखा थापा आफ्नो जीवन, सिनेमा यात्रा र रेखा थापा बन्नुका साथै राजनीतिमा आकर्षित हुनुको अर्थ समेत खुलाउनु भएको छ । उहाँका अनुसार राजनीतिमा भाग लिनुको अर्थ देश विकासमा सहभागी हुनु हो । एक प्रसङ्गमा उहाँले राजसंस्था पनि प्रगतिशील हुन सक्ने उल्लेख गर्दै जनतालाई धोका दिएमा आफू राप्रपामा पनि बबसिरहन नसक्ने उल्लेख गर्नुभयो ।
प्रत्यक्ष चुनावमा पराजित भए पनि त्यसले आफूलाई धेरै सिकाएको भन्दै ‘म सानैदेखि क्रान्तिकारी स्वभावको थिएँ, अहिले त्यो बाहिर निस्केकोमात्र हो’ भन्ने रेखाले प्रष्ट्याउनु भयो ।
प्रकाशित मिति २०८० कार्तिक ८, बुधबार ०६:२८ गते